८ आश्विन २०८०, सोमबार

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
धनगढी , माघ २९
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु भएको छ। शनिबार वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले स्वचालित क्यामेराको ‘स्वीच अन’ गरेर बाघ गणनाको उद्घाटन गर्नु भएको हो ।
बाघ गणनाका लागि २१ दिनसम्म शुक्लाफाँटा, लालझाडी र डडेल्धुराको जोगबुढा क्षेत्रमा हुने बाघ गणनामा ५२० वटा स्वचालित क्यामेरा र ७० जना प्राविधिक सहितको जनशक्ति परिचालन गरिएको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर कुमार मेहताले बाघ गणना २१ दिनसम्म सञ्चालन हुने बताए। उनले शुक्लाफाँटामा १९०, लालझाँडी–ब्रह्मदेव क्षेत्रमा २१४ र डडेल्धुराको जोगबुढा क्षेत्रमा ११६ वटा स्वचालित क्यामेरा जडान हुने बताए। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1