बझाङका विभिन्न योजनाको भौतिक पुर्वाधार बिकास मन्त्री सोडारिद्वारा अनुगमन

सेयर गरौं

सुनिल मण्डेल बझाङ ।

सुदूरपश्चिम प्रदेशका भौतिक पुर्बाधार विकास मन्त्री दीर्घ सोडारीले बझाङका योजनाको अनुगमन गरेका छन् । शनिबार बझाङको सदरमुकाम तथा सेती पारि रहेको पानकोट जडारिगाड सडक खण्ड, रिठापाटा सुर्मा सडक, पातिहाल्ना तलकोट साईपाल हुम्ला सडकखण्ड लगाएतका सडकको अनुमान गरेका हुन् ।

मन्त्री सोडारीले पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यलयहरुको समेत अनुगमन गरेका छन् । बझाङ जिल्लास्थित पूर्वाधार विकास कार्यालयल लगाएतका कार्यालय प्रमुखसँग आयोजना कार्यन्वयनबारे जानकारी समेत लिएका छन् ।

अनुगमनको क्रममा योजनाहरुलाई तिब्र गतिमा कार्यान्वयन गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन समेत दिएका छन् ।
अहिले योजनाका कामहरु निरन्तर भइरहेकाले आवश्यकता अनुसार जिल्लामा अरु योजनाहरुको पनि माग अनुसार बजेट विनियोजन गरिने बताएका छन् ।

उक्त अनुगमन टोलीमा भौतिक पूर्वाधार विकास मन्त्री सोडारी, सुदूरपश्चिम प्रदेश अर्थराज्य मन्त्री माया तामाङ बोहरा र पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालयहरुका प्रमुख तथा प्रतिनिधिहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
3
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1356