बझाङको साइपालमा नेपाली सेनाको हेलिकोप्टर मार्फत खाद्यान्न ढुवानी

सेयर गरौं

बझाङको साइपाल गाउँपालिकामा नेपाली सेनाको हेलिकोप्टर मार्फत खाद्यान्न ढुवानी गरिएको छ।
हिमपातका कारण खच्चड भेडा च्याङ्यारा हिँड्ने बाटो नभएपछि नेपाल खाद्य संस्थानको बझाङ देवलस्थित गोदामबाट आइतवार हेलिकोप्टर मार्फत चामल ढुवानी गरिएको हो।

हेलिकोप्टरले तीन पटक गरी ६१ क्विन्टल २० केजी चामल साइपाल गाउँपालिका वडा नम्बर ३ काँडा, वडा नम्बर ४ धुली, वडा नम्बर ५ न्युना र बलौडी गाउँमा ढुवानी गरेको हो। उक्त चामल प्रतिकिलो ५० रुपैयाँमा सर्वसाधरणले पाउने जिल्ला प्रशासन बझाङले जनाएको छ।

हिमपातका कारण साइपाल गाउँपालिकामा पाँचदेखि सात फिटसम्म हिउँ जमेकाले बाटाघाटा बन्द छन्। स्थानीयको घरमा सञ्चित खाद्यान्न पनि सकिएपछि खाद्यान्नको चरम अभाव सुरु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
थलारा खबर
थलारा खबर
Articles: 72