८ माघ २०८२, बुधबार

देशैभर मनाइयो विभिन्न कार्यक्रम गरि २७ औ जनयुद्ध दिवस
बझाङ , थलारा फागुन २
विभिन्न कार्यक्रम गरि आइतबार २७ औ जनयुद्ध दिवस मनाएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीले २०५२ साल फागुन १ गते सामन्ती राजतन्त्रात्मक संसदीय व्यवस्थाका विरुद्ध जनवादी सत्ता स्थापन गर्दै समाजवाद हुँदै साम्यवाद सम्म पुग्ने उदेश्य बोकी हतियार उठाएर जनयुद्ध घोषणा गरेकोदिनको स्मरण गर्दै जनयुद्ध दिवस मनाईएको हो ।
नेकपा माओवादी केन्द्र थलाराले सहिद स्मृति पुस्तकालय उद्घाटन गरि जनयुद्ध दिवस मनाइएको छ । त्यस्तै जिल्लाका अन्य स्थानमा पनि विभिन्न कार्यक्रम गरि जनयुद्ध दिवस मनाइएको नेकपा माओवादी केन्द्र बझाङले जनाएको छ ।
त्यस्तै कञ्चनपुरमा र कैलालीमा जनयुद्ध दिवसको अवसरमा वाइसीएलले रक्तदान कार्यक्रम गरेको छ ।मधेस प्रदेश सरकारले सरकारी स्तरबाट जनयुद्ध दिवस मनाएको छ ।जसकार्यक्रमका प्रमुख अतिथि नेकपा माओवाद केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड रहनु भएको थियोे । बैतडी र दार्चुलामा सहिद परिवारलाई सम्मान गरि जनयुद्ध दिवस मनाइएको बताइएको छ ।
आइतबार दशैभर नेकपा माओवादी केन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी वैधनेतृत्वको नेकपा माओवादी क्रान्तिकारी लगायत जनयुद्ध लडेका दलहरूले २७ औ जनयुद्ध दिवस मनाएका हुन् ।







