बाजुराको बुढीगंगा नगरपालिकामा तालाबन्दी , प्रमुख प्रशासकीय अधिकृतको माग

सेयर गरौं

फागुन २ बाजुरा ,

बाजुराको बुढीगंगा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको माग राख्दै तालाबन्दी गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जनको मंसिर १७ गते सरुवा भएर गएपछि नगरपालिका २ महिना देखी प्रमुख प्रशासकीय बिहिन भएपछि कार्यकारीको माग राख्दै सोमबार स्थानीयले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा मंसिर महिना देखी आर्थिक कारोबार पुर्ण रुपमा बन्द भएको नगरपालिकाका सूचना अधिकारी खडक बमले बताए ।
योजना सम्झौता भएर उपभोक्ताले काम सम्पन्न गरि नगरपालिकामा कागजाता बुझाएको दुई महिना बढी हुदासम्म पनि कार्यकारी नभएर बुक्तानी नुहदा उपभोक्ताहरु मारमा परेको तल्लो साईल गाउलेन बिस्तार समितिका अध्यक्ष बिमल थापाले बताउनुभयो ।

दुई महिनासम्म पर्खेर बसैकै भए पनि कार्यकारी नल्याए पछि नगरपालिकामा नै तालाबन्दि गर्नु परेको स्थानीयहरूले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
थलारा खबर
थलारा खबर
Articles: 72