२४ माघ २०८१, बिहीबार

मन्त्री आलेको अश्लील गालीगलौच गरेको अडिओ बाहिरीयो,सचिवालय भन्छ, ‘बदनाम गराउन खोजियो’
फागुन ३
संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमगरको ‘अश्लील गाली’ को अडिओ सामाजिक संजालमा बाहिरिएको छ। अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ छ ।
मन्त्री आलेले भारतमा रहेका नेकपा(एमाले)समर्थक अछामका युवा जगत ओलीलाई अश्लील गालीसहित धम्की दिएका छन् । मन्त्री आलेलाई सामाजिक सञ्जालमा कमेन्ट गरेको आधारमा गाली सहित धम्की दिएको युवकले टीप्पणी गरेका छन् । ओडिओमै ती युवकले पनि मन्त्री आलेलाई अश्लील गाली गरेका छन् ।
ती युवकले मंगलबार समाजिक सञ्जालमा भिडियो पोष्ट गरेका छन् ।
अडियोमा सुरुवातमा मन्त्री आलेले सभ्य भाषा प्रयोग गरेका छन् । आले भनेका छन् ‘कहाँ हुनुहुन्छ, तपाई ?’ भनेर सोधेका छन् । ती युवाले आफू ईण्डिया रहेको जवाफ दिएका छन् ।
त्यसपछि मन्त्री आलेले ‘तपाईको त्यो कमेन्ट हेरे, के लेखेको हो यार त्यस्तो ?’ भनेर सोधेका छन् । यसको जवाफमा ती युवाले ‘हाल्ने नि यस्तो आश गरेको थेन् के गर्नु’ भनेका छन् ।
त्यसपछि मन्त्री आले–‘कस्तो आश ?’
युवा ओली–‘तपाईबाट यस्तो हुन्छ भन्ने आश लाग्या थेन के !’
त्सपछि सिधै मन्त्री आले अश्लील धम्कीको स्तरमा ओर्लिएका छन् । उनले अश्लील गालीसहित ठाउँ–ठेगाना सोध्दै हातखुट्टा भाँचिदिने धम्की दिएका छन् ।
ती युवाको सम्बादमा पनि संयमता भने देखिदैन् । उनले समेत अश्लील शब्द प्रयोग गरेका छन् । दुई मिनेट २४ सेकेन्डको भिडियो रहेको छ । मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीको प्रतिक्रिया सार्वजनिक भएको छ ।
यो सामाग्री एक वर्ष पुरानो भएको र मन्त्री आलेले विकासका काम गर्दै लोकप्रियता हासिल गरेपछि बद्नाम गर्न उक्त सामाग्री प्रचारप्रसार गरिएको जनाएका छन् । आलेको अडियो बाहिरीएपछी मन्त्री आलेको चर्को आलोचना भएको छ ।
हेर्नुस् यो भाइरल अडियो