डडेल्धुरामा युवकको हत्या गरेको आरोपमा तीन पक्राउ

सेयर गरौं

फागुन ३, बझाङ

डडेल्धुरामा युवकको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । डोटीको दिपायल सिलगढी नगरपालिका–३ का ३५ वर्षीय बसन्त सिजापतिको कुटपिट पछि हत्या गरेको आरोपमा उनकै साथी र आफन्त पक्राउ परेका हुन् ।

डडेल्धुरा प्रहरीका अनुसार परशुराम नगरपालिका–१२ मा बस्दै आएका २४ वर्षीय आशिष बराल, आलीताल गाउँपालिका–८ बस्ने १८ वर्षीय पुजन लोहनी र परशुराम नगरपालिका–१२ बस्ने अटो रिक्सा चालक तेजबहादुर बिकलाई पक्राउ गरी अनुसन्धान कार्य सुरु गरिएको छ ।

बराल र लोहनी मृतकका आफन्त र बिक साथी हुन् । सिजापती सोही दिन सिलगढीबाट आफन्त पर्ने बरालको घरमा आएका थिए । सोमबार बिहान जिल्लाको आलीताल गाउँपालिका–४ मा घाइते अवस्थामा भेटिएर उपचारका क्रममा सिजापतीको जोगबुढा अस्पतालमा मृत्यु भएको थियो ।

बरालको घरमा आइतबार राति मृतकसहितका तीन जनाले सँगै बसेर मदिरा सेवन गरेको पाइएको छ । मदिरा सेवनपछि आपसी विवादका क्रममा सिजापतिमाथि कुटपिट गरेर उनीहरुले राति करीब १२ बजेको समयमा अटो रिक्सामा बोकेर घाइते अवस्थामा फालेको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1401