सुदूरपश्चिमको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडी बन्दकर्ताले गरे तोडफोड

सेयर गरौं

धनगढी / फागुन ४,

बन्दकर्ताहरूले नेपाल बन्द गराउँदै सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडी तोडफोड गरेका छन् । बुधवार बिहान नेपाल बन्द गराउँदै हिँडेका बन्दकर्ताहरूले सो गाडीलाई बाँकेको कोहलपुरमा तोडफोड गरेका हुन् । बन्दकर्ताले ढुंगा प्रहार गर्दा ००१ झ ४०१ नम्बरको गाडीको सिसा फुटेको ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर हिमालय साहले जानकारी दिनुभयो ।

काठमाडौंबाट सुदूरपश्चिम प्रदेश फर्किरहेको सो गाडीलाई कोहलपुरमा बिहान ५ बजेर २९ मिनेट जाँदा ढुंगा प्रहार गरिएको इन्सपेक्टर साहले बताए ।अहिले सो गाडीलाई मन्त्रालय पठाइएको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1245