बन्द गराउँदै हिँड्ने ३९ जना काठमाडौबाट पक्राउ

सेयर गरौं

काठमाडौं फागुन ४ बन्द गराउँदै हिड्ने ३९ जना काठमाण्डौ उपत्यकाबाट पक्राउ परेका छन् । बिहान काठमाण्डौबाट २४, ललितपुरमा १२ र भक्तपुरबाट तीन जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीसँगको सम्झौताको विरोधमा आज मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका कम्युनिष्ट पार्टी र मोर्चाले बन्द आह्वान गरे पछि बिहानैदेखि चोक चोकमा सुरक्षाकर्मी खटिएका छन् ।

प्रहरीले ढुक्क भएर गाडी चलाउन आग्रह गरेको छ । देशका धेरै ठाउँमा बिहानैदेखि सामान्य रुपमा गाडी चलिरहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1356