बझाङको थलारा गाउँपालिकामा ३ दिने दुग्ध संकलन तथा मेनी डेरी तालिम सम्पन्न

सेयर गरौं

बझाङ , थलारा / फागुन ८

बझाङको थलारा गाउँपालिकामा ३ दिने दुग्ध संकलन तथा मेनी डेरी तालिम सम्पन्न भएको छ । प्रगतिशील युवा समाजको आयोजनामा र युनाइटेड मिसन टु नेपालीको आर्थिक सहयोगमा सञ्चालन गरिएको ३ दिने दुग्ध संकलन तथा मेनी डेरी तालिम तेस्रो दिन सनिवार सम्पन्न भएको हो ।

प्रवासबाट फर्केका युवा तथा तिनका परिवारलाई गाउघरमै रोजगारीको शृजान गर्नका लागि दुग्ध संकलन तथा मेनी डेरी तालिम दिइएको छ ।
तीन दिनसम्म चलेको कार्यक्रममा लसि , पनिर , रसबरी लगायतका दुधबाट बन्ने परिकारहरू सिकाइको थियोे ।

थलारा गाउँपालिका भरबाट १४ जनाले कार्यक्रममा सहयोगीता जनाइ तालिम लिएको छन् । उक्त तालिमको प्रशिक्षण डाक्टर शिव श्रेष्ठले गर्नुभएको थियोे , भने तारा प्रसाद ओझाले र प्रेम ओलीले कार्यक्रमको सहजीकरण गरेका थिए ।

समापन कार्यक्रम थलारा गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायको अध्यक्षतामा भएको थियोे । भने कार्यक्रममा प्रमुख अतिथि उपाध्यक्ष गंगुदेवी खडायत विशिष्ट अतिथि युएमएनका पि.ए इन्दिरा राई , वडा नम्बर ५ का वडाध्यक्ष दिर्घराज जोशी रहनु भएको थियोे । कार्यक्रममा सञ्चालन प्रगतिशील युवा समाज थलाराका कार्यक्रम संयोजक बलबहादुर ओडले गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212