दार्चुलाको शैल्यशिखरमा अन्न पिस्ने क्रममा मिलको फितामा बेरिएर एक जनाको मृत्यु

सेयर गरौं

दार्चुला / फागुन ८

दार्चुलाको शैल्यशिखर नगरपालिकामा अन्न पिस्ने क्रममा मिलको फितामा बेरिएर एक जनाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका ६ स्थित पनेबाजमा मिलमा बेरिएर अन्दाजी ५० वर्षीय धनसिंह धामीको मृत्यु भएको हो ।

आइतबार बिहान करिब ९ बजेतिर आफ्नै मिलमा अन्न पिस्ने क्रममा मिलको फितामा बेरिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1245