बझाङको दुर्गाथलि गाउँपालिकामा रन्फल सोलार लिफ्टिङ खानेपानी आयोजनमा, योजनाका अध्यक्ष र सचिवको मिलोमतोमा भ्रष्टाचार

सेयर गरौं

सुरेन्द्र खत्री / बझाङ फागुन ९

बझाङको दुर्गाथली गाउँपालिकाको वडा नम्वर ३ र ४ मा पर्ने रन्फल सोलार लिफ्टिङ खानेपानी आयोजनमा आएको बजेटमा भ्रष्टचार भएको पाइएको छ । खानेपानी आयोजनाका लागि १ करोड ४७ लाख बजेट आएको हो । उक्त योजनाकाको अध्यक्ष धने जोशी र सचिव रमेश बोहरा रहनुभएको थियोे । यो खानेपानी आयोजना बझाङकै अहिले सम्मकै दोस्रोे योजना रहेको छ भने
यो योजना आएको करिब ४ वर्ष वितिसकेको छ ।

उक्त योजनाको काम नसकिएर नै पैसा भुक्तानि भैसकेको छ । नत भोक नत निन्द्रा भनेर काम गर्न खटिएका मजदुरहरुले नत पिउने पानी पाए नत ज्याला नै पाएका छन । उक्त योजनाका अध्यक्षले त्यहि योजनाको पैसाले सिचाई गर्नको लागि समेत मजदुरहरुलाई फ्रीमा काम लगाएर पानी घर सम्म पनि पुुुुर्याई सकेका छन । घर घरमा धारा छन तर पानी छैन । योजनाका सामानहरुको पैसा पनि तिरेका छैनन सबै सामानहरु उदारो ल्याईएको पाइएको छ । त्यहाँका कैयौँ पिउने पानी नपाएका उपभोक्तालाई पानीको आश देखाएर काम गर्न लगाईएको स्थानिय राजेन्द्र जोशीले बताएका छन । उनले भने हरेक ठाउँमा काम गरियो पानी पाइन्छ कि भनेर तर पैसा पनि पाइएन पानी पनि पाईएन ।

पहिला महदुरहरुलाई दिनको ५०० का दरले दिने भनेर कुरा भएको थियो काम गरेपछि २०० / ३०० को कुरा गर्न थाले आएको पैसा आफुले खाए आफ्ना नजिकका मान्छेलाई दिएका थिए । अहिले उनिहरु आफै बीच पैसाको कुरो नमिल्दा एकले अर्कालाई दोष दिने गरेका छन । बैशाखमा राखिएको मोटर विग्रियो भन्दै खानेपानिका अध्यक्ष धने जोशीले काठमाडौ पठाएका छन । उहाँ रेडियो खप्तड आवाजको कार्यक्रम खप्तड बहसमा बोल्दै गाउँपालिका अध्यक्ष प्रयागराज जोशीले २५ लाख दिन्छु भनेको तर पछाडी नदिएको बताएका थिए । त्यस्तै योजनका सचिब रमेश बोहराले मेरो हस्ताक्षर चोरेर पैसा निकालेको र न्याय नपाएको धने जोशीले बताएका थिए ।

खानेपानिका सचिब रमेश बोहरा र गाउँपालिका अध्यक्ष जोशीले मिडिया सँग बोल्दै त्यो झुटो हो सबै हामिलाई आरोप लगाएको बताइएका थिए । ६ महिना मै मोटर विग्रीयो भन्दै खानेपानिका अध्यक्ष धने जोशीले काठमाण्डु पठाएका थिए । किन पठाउनु भयो मोटर काठमाडौ भनेर खानेपानीका अध्यक्ष धने जोशीलाई सोध्दा उनले भने अलि अली विग्रीएको छ त्यही भएर पठाएको बताएका छन । धने जोहीलाई अब मजदुरहरुले ज्याला र खानेपानी पाउछन कि नाई भनेर सोध्दा उनले भने गाउँपालिकाले फेरी बजेट हाल्यो भने पानी पनि आउछ मजदुरहरुले ज्याला पनि पाउछन भनेका थिए । उनिहरुको मिलोमतोमा भ्रष्टचार भएको पाईएको छ । अहिले कुरा नमिल्दा एकअर्कालाई दोष दिने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
5
+1
3
+1
5
+1
3
+1
8
+1
10
संवाददाता
संवाददाता
Articles: 1245