इलामको सुर्योदय नगरपालिका ७ मा नेकपा एमालेको टोल कमिटी गठन

सेयर गरौं

गोपाल गिरी / इलाम , फागुन १२,

प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको नेकपा(एमाले )ले स्थानीय तहको निर्वाचन मिति घोषणा भए सगै संगठन विस्तारको कार्यलाई तीब्रता दिएको छ।
यस‌ैको निरन्तरतामा बिहीबार आज सुर्योदय नगरपालिका वडा नम्बर ७को अम्बि डाँडा गाउँ टोलमा १९सदस्यीय टोल कमिटी गठन गरेको हो ।

प्रदेश सांसद काजीमान कागतेको प्रमुख आतिथ्य तथा वडा कमिटी अध्यक्ष तेजबहादुर खड्का को अध्यक्षतामा भएको कार्यक्रममा अतिथि हरु युवा संघका अमृत कटुवाल ,वडा पार्टी सदस्य नरवहादुर विक ,टेकबहादुर खड्का को उपस्थितिमा रहेको थियोे साथै उल्लेख्य संख्यामा पार्टी सदस्य हरु, शुभेच्छुक हरुको उपस्थिति रहेको बताईएको छ।
नवगठित टोल कमिटीको अध्यक्षमा सुकमाया लेप्चा र सचिवमा मनोज लेप्चा रहेका छन् ।

लोपोन्मुख लेप्चा जाति ,बहुसंख्यक सर्वहारा ,श्रमजीवी,मजदुर ,किसान लगायतका वर्गहरुको वाहुल्य रहेको यश क्षेत्रमा २०४६साल देखि नै कम्युनिस्ट पार्टी मा आस्था राख्ने हरु ठुलो जमात रहेको युवा संघको स्थानीय नेता अमृत कटुवालले जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1246