नेकपा माओवादी केन्द्र बित्थडचिर गाउँपालिकाको विवाद टुङ्गियो , अध्यक्षमा बिष्ट चयन

सेयर गरौं

माधव बिष्ट / बझाङ , फागुन १२
नेकपा माओवादी केन्द्र वित्थडचिर गाउँपालिका गाउँ संगठन कमिटीको पदाधिकारी विवाद टुङ्ग्याएको छ । बुधबार देउलेक बजारमा बसको बैठकले ३ महिना देखिको विवाद टुङ्ग्याउँदै विकास बिष्टलाई वित्थडचिर गाउँपालिका अध्यक्ष बनाएको हो ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा राजु ओखेडा उपाध्यक्ष शंकर बिष्ट र रमेश बोहरालाई चयन गरिएको छ । भने सचिवमा धन बहादुर बोहरा सह-सचिव बसन्त राज अवस्थी कोषाध्यक्षमा मिना बोहरालाई चयन गरेको छ ।

नेकपा माओवादी केन्द्र बित्थडचिर गाउँपालिकामा अधिवेशन ३ महिना अघि सम्पन्न भएको भएपनि आकाङ्क्षी धेरै भएकाले पदाधिकारी छनोट गर्न सकिएको थिएन ।
पदाधिकारी छनोट नहुँदा संगठनका कामकारबाही गर्नमा समस्या भएको थियो ।

यहीँ फागुन ११ गते बुधबार मात्रै जेष्ठ नागरिक रन्जित बोहराको अध्यक्षतामा र पार्टीका प्रदेश कमिटी सदस्य तथा बझाङ जिल्ला पुर्व अध्यक्ष मिन बहादुर कुँवरको प्रमुख आतिथ्यमा बसको बैठकले पदाधिकारी छनोट विवाद टुङ्ग्याएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
2
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1335