१३ माघ २०८१, आईतवार
बझाङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
ट्र्याक्टर दुर्घटना हुँदा बझाङमा एक जनाको मृत्यु भएको छ । बुङ्गल नगरपालिका ३ स्थित बुङ्गल रन्लेक सडकखण्डको जुमेपानिमा से १ च १४४१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका ३८ वर्षीय जयबहादुर बोहराको मृत्यु भएको हो ।
शनिबार घर निर्माणका लागि काठ बोकेर खोल्लेक जाने क्रममा भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको देउलेक प्राथमिक स्वस्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर बिष्टले बताए । दुर्घटनामा सोही ठाउँका अन्दाजी ३९ वर्षीय हर्कबहादुर बोहरा घाइते भएका र उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
1