२४ माघ २०८१, बिहीबार

दार्चुलामा ट्याक्टर खस्दा एकजनाको मृत्यु
दार्चुला
दार्चुलामा सडक निर्माणमा रहेको ट्र्याक्टर खस्दा एक जनाको मृत्यु भएको छ। दार्चुला-तिङ्कर निर्माणाधिन सडकखण्डमा निर्माण काममा संलग्न से २ त १७९९ नम्बरको ट्र्याक्टरबाट खस्दा २३ वर्षीय वीरेन्द्र खड्काको मृत्यु भएको हो
ट्र्याक्टर सडकबाट १५ मिटर तल खसेपछि च्यापिएर खड्काको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
ट्र्याक्टर चालक बझाङको सुर्मा गाउँपालिकाका २८ वर्षीय मान बोहोरा फरार रहेका र उनको खोजी कार्य भइरहेको कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताए ।
मंगलबार राति साढे १० बजेको समयमा व्यास गाउँपालिकाको वडा नम्बर ४ स्थित सडकखण्डमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1