श्रमजीवी-पत्रकार संघ कर्णाली प्रदेश समिति गठन

सेयर गरौं

फागुन १८

श्रमजीवी-पत्रकार संघ, नेपालकाे कर्णाली प्रदेश कमिटी गठन भएकाे छ । पत्रकार विवशकुमार सेजुवालकाे नेतृत्वमा २१ सदस्यीय प्रदेश समिति घाेषणा गरिएकाे हाे ।

केन्द्रीय अध्यक्ष जन्मदेव जैसीकाे प्रमुख आथित्यतामा घाेषणा कार्यक्रममा १० जिल्लाका पत्रकारहरुकाे प्रतिनिधित्व थियाे । कार्यक्रममा अध्यक्ष जैसीले संगठनकाे उद्देश्य, गठनकाे एक वर्षमा भएका प्रगति विवरण, र कर्णाली प्रदेशमा संगठनले निर्वाह गर्ने भूमिका विषयमा स्पष्ट गरेका थिए ।

पत्रकार महासंघका महासचिव खगेन्द्र भट्टराई, जिल्ला अध्यक्ष लाेकराज वस्याल, समाजवादी प्रेस नेपालका सुर्खेत अध्यक्ष देव।रानालायतले नवनिर्वाचित अध्यक्षलगायतकाे टिमलाई बधाईसहित सफल कार्यकालकाे शुभकामना दिए ।

विवशकाे अध्यक्षतामा यसै साता २१ सदस्यीय समितिकाे बैठक बसी पदाधिकारी चयन तथा प्रदेश समितिले कर्णालीमा चाल्ने आगामी कदम र याेजना पनि तय गर्ने नवनिर्वाचित अध्यक्ष सेजुवालले वताए । समितिकाे सल्लाहकारमा देवीराम देवकाेटा, कृष्णराज धमाला, रमेश रावल, ललित बस्याल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1228