थलारा गाउँपालिका ३ देबलबाँझमा साँस्कृतिक महोत्सव सम्पन्न

सेयर गरौं

बझाङ, थलारा / फागुन २१ , जिल्लाको थलरा गाउँपालिका ३ देबलबाँझमा मर्यादित महिनावारी व्यवस्थापनको लागि सचेतनामुलक साँस्कृतिक महोत्सव एवम् सक्काडाँ बाँझ बहुउपयोगी योजना पुर्ण सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार भगवती आधारभूत विद्यालयमा मर्यादित महिनावारी व्यवस्थापनको लागि सचेतनामुलक साँस्कृतिक महोत्सव थलारा गाउँपालिका ग्रामीण जलस्रोत व्यवस्थापनको आयोजनामा महोत्सव भएको हो , भने सक्काडा बाँझ बहुउपयोगी योजना पुर्ण सरसफाइ कार्यक्रम सक्काडा बाँझ बहुउपयोगी योजनाको आयोजनामा र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा भएको हो ।

महिनावारी अव्यवस्थित हुँदा महिलाहरूले विभिन्न खालका समस्या र पीडाहरू झेल्नुपरेको बताउदै लोक तथा देउडा गायिका एवम् सुदूरपश्चिम मर्यादित महिनावारी व्यवस्थापन सद्भावना राजदूत रेखा जोशीले महिनावारीलाई व्यवस्थित बनाउनुपर्ने र महिनावारी हुँदा महिलाहरूले भोक्दै आएका समस्याका बारेमा सांगीतिक कोसेली प्रस्तुति गर्नु भएको थियोे ।

कार्यक्रममा बोल्दै गायिका जोशीले महिनावारी भएको समयमा महिलालाई छुनुहुँदैन, अलग र गोप्य भएर रहनु पर्छ , दुधजन्य पदार्थ खानुहुदैन , यदी खाए गाई बस्तु नदिने हुन्छन् भन्ने गलत मानसिकताका कारण महिलाले कठिन पीडा सहनु पर्ने बाध्यता रहेको र छाउगोठमै कतिपय महिलाले अकालमै ज्यान गुमाउनु परेको छ । यस कुप्रथालाई न्यूनीकरण गर्न आफुले विभिन्न सांगीतिक कार्यक्रम मार्फत जनस्तरमा महिनावारी सम्बन्धि सचेतना फैलाउन थालेकी बताएकी छिन् ।

गायिका जोशीले महोत्सवमा सहभागी विद्यार्थी किशोरी सँग र महिलाहरू सँग पनि महिनावारीका बिषयमा अन्तरक्रिया गरेकी थिइन् ।
अन्तरक्रियामा किशोरीहरूले आफू महिनावारी हुँदा अलग्गै छाउँगोठमा बस्नु नपरेको र घरकै एउटा कोठामा बस्न पाएको बताएकि हुन् , महिलाले पहिला पहिला छाउँगोठमा बस्नु परेपनि अहिले त्यस्तो नरहेको बताएका थिए ।

त्यस्तै सक्काडाँ बाँझ बहुउपयोगी योजनालाई गुणस्तरीय दिगो खानेपानी हाम्रो आवश्यकता , पुर्ण सरसफाइ युक्त स्वच्छता थलाराको प्रतिवद्धता भन्ने नारा सहित सक्काडाँ बाँझ बहुउपयोगी योजनालाई पुर्ण सरसफाइ युक्त क्षेत्र घोषणा गरिएको छ
प्याडको प्रयोग पछि नियमित साबुन पानीले हात धुने , खानेपानीको धारा नियमित प्रयोग र सरसफाइ , महिनावारी स्वच्छता सामाग्रीको व्यवस्थापन , पोषणयुक्त खानाको प्रयोग मर्यादित सभ्य भाषा र साँस्कृतिकको प्रयोग , नियमित चर्पीको प्रयोग र सरसफाइ , नियमित प्याडको प्रयोग र सरसफाइ , महिनावारी भएको बेला छाउगोठमा राख्ने शारीरिक तथा मानसिक यातना दिनेछैनौ लगायतका ८ प्रतिवद्धतामा देबलबाँझ र जामबाँझलाई पूर्ण सरसफाइ सुनिश्चितता युक्त क्षेत्र घोषणा गरिएको हो ।

साँस्कृतिक महोत्सवमा विभिन्न नृत्य स्वागत गीत लगायत स्थानीय कलाकारहरूले पनि सांगीतिक प्रस्तुति गर्नुभएको थियो ।
ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका टिमलिडर नारायण वाग्ले कार्यक्रम बोल्दै भन्नू भयो निर्माण गरिएको खानेपानी योजनाहरूलाई निरन्तरतारुपमा सञ्चालन गर्नुपर्ने परिवर्तन भएका बानी व्यवहारलाई निरन्तरता दिने, योजनाको संरक्षण गर्ने जिम्मेवारी स्थानीयको रहेको छ, परियोजनाले बाटो देखाउने हो , निकट भविष्यमै परियोजना यहाँहरूबाट बिदा हुदैछ भन्दै ग्रामीण जलस्रोतबाट भएका योजनाहरूलाई सहजीकरण र निरन्तरता दिनका लागि गाउँपालिकाले अग्रणी भुमिका खेल्नेछ भन्ने आफूले विश्वास लिएका बताउनुभएको थियोे । उहाँले महिनावारीको बिषयमा बोल्दै पहिला भन्दा अहिले परिवर्तन भएको र अहिले भन्दा भोलि झन् परिवर्तन हुने बताउनुभयो ।

उक्त महोत्सव तथा पुर्ण सरसफाइ कार्यक्रम सक्काडाँ बाँझ बहुउपयोगी योजनाका अध्यक्ष बल बहादुर सिंहको अध्यक्षतामा भएको हो भने प्रमुख अतिथि थलारा गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्याय रहनु भएको थियोे । विशिष्ट अतिथि थलारा गाउँपालिका उपाध्यक्ष गंगुदेवी खडायत , र ग्रामीण जलस्रोत टिमलिडर नारायण वाग्ले रहनु भएको थियोे । अतिथि थलारा गाउँपालिका ग्रामीण जलस्रोत अधिकृत छत्रराज जोशी गाउँपालिका १ देखि ९ सम्मका वडाध्यक्ष , विभिन्न पार्टीका प्रतिनिधि शिक्षक गाउँपालिका कर्मचारी विभिन्न योजनाका प्रतिनिधि , पत्रकार लगायतका अतिथि रहनु भएको थियोे ।
कार्यक्रममा जलस्रोत कर्मचारीलाई प्रशंसा पत्र र मायाको चिनो सम्मान गरिएको थियोे भने जनप्रतिनिधि पत्रकार शिक्षकलाई मायाको चिनोले सम्मान गरिएको थियोे ।
कार्यक्रम सञ्चालन शिक्षक नरबहादुर भण्डारी र गायिका सबिता खड्काले गर्नु भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
2
+1
0
+1
1
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212