इलामको सुर्योदय नगरपालिकामा युवा संघको वडा अधिवेशन सम्पन्न

सेयर गरौं

गोपाल गिरी, इलाम / फागुन २१,
नेकपा (एमाले )सम्वद्ध राष्ट्रिय युवा संघ नेपाल को पहिलो अधिवेशन आज शनिबार सुर्योदय नगरपालिका वडा नम्बर ७मा सम्पन्न भएको छ ।
एमाले सम्वद्ध वुध्दिजीवि परिषद का नगर अध्यक्ष देवकुमार दाहालको प्रमुख आतिथ्यता तथा वडा पार्टी संगठन अध्यक्ष तेजबहादुर खड्का अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्य अतिथि हरु वुद्धिजीवि परिषदका सदस्य डम्बर बहादुर कटुवाल,पार्टी ईन्चार्ज डिल्लीबहादुर घले,सहईन्चार्ज रमेश खड्का ,युवा संगठनका नगर सदस्य शरण राई र पुजन राईको उपस्थितिमा भएको उक्त कार्यक्रममा ३५सदस्यीय युवा संघ नेपाल वडा समिति गठन गरिएको छ। नवगठित समिति को अध्यक्ष मा अमृत कटुवाल चयन भएका छन् ।उपाध्यक्षमा विनोद राई,सचिवमा धीरेन खड्का ,सह सहचिवमा खड्ग भट्टराई र अशोक खड्का रहेको बताईएको छ।

स्थानीय पार्टी कमिटी का सदस्यहरु ,शुभचिन्तक हरु को बाक्लो उपस्थिति रहेको कार्यक्रममा पार्टी कमिटिका पदाधिकारी हरु द्वारा नव गठित कमिटी लाई आगामी स्थानीय तहको चुनावको निम्ति सकृय पूर्वक जनता माझ गई पार्टीको बिचार र कार्यक्रम हरु राख्न निर्देशन दिएका थिए।
कार्यक्रमको सन्चालन नेकपा (एमाले )वडा कमिटी सचिव डिल्ली पौडेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1061