१ जेष्ठ २०८२, बुधबार

बैतडीको शिवनाथ गाउँपालिका उपाध्यक्ष चन्दलाई एमालेले गर्यो पार्टीबाट निष्कासन, यस्तो छ कारण
बैतडी फागुन २४
बैतडीको शिवनाथ गाउँपालिका उपाध्यक्ष कुश्मा चन्दलाई नेकपा एमाले बैतडीले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । एमाले बैतडी अध्यक्ष सुरेन्द्र पाल र सचिव चक्रबहादुर कार्कीको हस्ताक्षमा एक प्रेस विज्ञाप्ती जारी गर्दै उपाध्यक्ष चन्दले पार्टी विरुद्ध गतिविधी गरेको भन्दै कारवाही गरेको जनाएको छ ।
गत स्थानीय तहको निवार्चनमा एमालेबाट उपाध्यक्ष निर्वाचीत चन्दले पार्टी नेतृत्व विरुद्ध समाजीक सञ्जालमा जथाभावी लेखेको समेत एमाले बैतडीको आरोप छ । २०७४ शालको स्थानीय तहको निर्वाचनमा हाम्रोबाट एमालेबाट शिवनाथ गाउँपालिका उपाध्यक्षको उम्मेदवार भई निर्वाचीत हुनुभएका कुश्मा चन्ले पार्टीको निर्देशन बमोजिम पदीय आचरण र भुमीका निर्वाह नगर्ने, वेवास्था गर्दै हिड्ने, जस्ता क्रियाकलापबाट पार्टीले पटक पटक सचेत गराउदाँ समेत उल्टै जथाभावी रुपमा समाजीक सञ्जालमा पार्टी निती र नेतृत्व विरुद्ध बोल्दै विरोधी पार्टीसँग साठगाँठ भन्दै साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निस्कासन गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
यसैगरी पार्टीलाई बुझाउनुपर्नै लेविसमेत नबुझाएको र राष्ट्रिय सभा निर्वाचनमा पार्टी बिरोधी उम्मेद्वारलाई मतदान गरेको समेत बिज्ञप्तप्मा उल्लेख गरिएको छ । यहि फागुन ३ गते बसेको जिल्ला कमिटिको बैठकले पनि लिखित स्पष्टिकरण सोध्दासमेत बेवास्ता गरेकोले कारवाही गरेको एमाले बैतडीका प्रचार बिभाग प्रमुख लोकबहादुर भण्डारी इन्फोखबरले बताए ।
यसबारे उपाध्यक्ष कुश्मा चन्दलाई बुझदाँ अहिले केही नबाल्ने बताइन् । एमालेले उनी कुनै अरु पार्टी प्रवेश गर्न थालेको सुचना पाएपछि कारवाही गरेको हुन सक्ने चन्द नजिकका व्यक्तीको भनाई छ ।