सुदूरपश्चिम प्रादेशिक महोत्सव ४ दिन लम्ब्याइयो

सेयर गरौं

कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवको म्याद ४ दिन थप गरिएको छ । फागुन १३ गते देखि सुरु भएको महोत्सवको म्याद ४ दिन थप गरिएको मंगलबार पत्रकार सम्मेलको आयोजना गरी जानकारी दिइएको छ ।
अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा संचालन भइरहेको महोत्सव यसअघि फागुन २५ गते सम्म संचालन हुने कार्यतालिका रहेको थियो ।
महोत्सवमा दर्शकको माग बमोजिम ४ दिन म्याद थपि गरिएको अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले बताएका छन ।

अत्तरियाको लामिताल परिसरमा संचालित महोत्सवमा अपेक्षा अनुसार कै कारोवार भइरहेको आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुती राखिरहेका छन ।

महोत्सव अब फागुन २९ गते संम्म संचालन हुनेछ । कोरोनाकै कारण अत्तरियामा विगत २ बर्ष देखि महोत्सव हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1365