बझाङको थलारा गाउँपालिकामा गहुँबालीमा सिन्दुरे रोग लागेपछि किसान चिन्तित , भोकमरीको सम्भावना

सेयर गरौं

बझाङ , थलारा / फागुन २५, जिल्लाको थलारा गाउँपालिकामा गहुँकोबालीमा सिन्दुरे रोग लागेपछि किसान चिन्तित भएका छन् ।
थलारा गाउँपालिका वडा नम्बर ६ को चाफा सेरा र भाडी बगडमा लगाएको गहुँबालीमा सिन्दुरे रोग लाग्दा किसानहरू चिन्तित भएका हुन् ।

स्थानीय किसान हिक्मत राज ओझाले आफ्नो ७ नाली खेतको गहुँ पुरै पहेँलो भएको बताए । उनका अनुसार सेराला गाउँका अन्य ६ / ७ परिवारको खेतबारी र भाडी बगडमा पनि यस्तै समस्या रहेको छ ।

अब के गर्नु हुन्छ त, गहुँबालीमा रोग लाग्यो भनेर थलारा खबर कर्मीले सोध्दा ?

प्रत्येक वर्ष राम्रो गहुँबाली उत्पादन हुन्थ्यो ओझाले भने , यो वर्ष सिन्दुरे रोगका कारण गहुँ उत्पादन नहुने हुँदा भोकमरीको सम्भावना बढेको छ । गहुँ बालीको बोटमा दाना लाग्ने सम्भावना नरहेपछि भाडीबगड स्थित किसानले खेतको गहुँबाली काटी सकेका छन् ।

अनि, तपाईहरूले गहुँबाली बचाउन रोगको औषधी खोजी गर्नु भएन र भनी सोध्दा ?

आफूले थलारा गाउँपालिका कृषि शाखामा गएर सोधपुछ गरेको र त्यसको उपचारको औषधी नभएको बताउँदै झोता लगायताका अन्य ठाउँमा जना सल्लाह दिएको कृषक ओझाले थलारा खबरसँग कुरा गर्दै बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
7
थलारा खबर
थलारा खबर
Articles: 72