छबिस पाथिभेरा गाउँपालिकाको नवौ गाउँसभा शुक्रबार सम्पन्न

सेयर गरौं

बझाङ , फागुन २८

छबिस पाथिभेरा गाउँपालिकाको नवौ गाउँसभा सम्पन्न भएको छ ।
शुक्रबार गाउँपालिकाको सभाहलमा गाउँपालिका अध्यक्ष अक्कल धामीको अध्यक्षतामा भएको अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गगन ऐडीले प्रगती प्रतिवेदन र लेखा अधिकृत मुकेश थापाले वित्तिय प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

उक्त प्रतिवेदनमाथी  जनप्रतिनिधि तथा पार्षदहरुले छलफल गरेका थिए । कार्यपालिकाको कार्यविधि संसोधन तथा अनुमोदन र रकमान्तर रकम माथि छलफल तथा अनुमोदन गरेको थियो । गाउँपालिका ले चालु फागुन मसान्त सम्म पुँजी तर्फ ५१ प्रतिशत रकम खर्च भएको बताएको छ ।


नवौ अधिवेशनका सहभागीहरुले गाउँपालिकाका योजना तथा गतिविधिहरु छिटोछरितो रुपमा अगाडी बढाउनुपर्ने सुझाव समेत दिएका थिए । अधिवेशनमा गाउँपालिका कार्यालयका स्वास्थ्य , शिक्षा , कृषि , आयुर्वेद , ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाका प्रमुखले आफ्नो पन्चवर्षीय शाखागत रुपमा प्रगति प्रतिबेदन समेत प्रस्तुत गरेका थिए ।

गाउँपालिका अध्यक्ष धामीले अधिवेशनलाई सम्बोधन गर्दै आफू पहिलो स्थानीय तहक‍ो जनप्रतिनिधि भएकाले नितिनियम बनाउनु पर्ने अनुभव गर्नुपर्ने यसैमा केही समय बितेको छ । जनताले चाहेजति सेवा सुविधा दिन नसकेपनि जनताको सेवामा आफू सधै अगाडि बढीको छौ , बजेट कम आउने विकास बढी गर्नु पर्ने भएकाले निकै ठूलो चुनौतीपूर्ण काम भएकोले जनताले चाहे जस्तै विकास गर्न सकेको छैनौ उनलेे भने ।
चुनावमा बोलेजस्तै गरि गाउँगाउँमा सिंहदरबार बनाउने हो भने, स्थानिय सरकारलाई संघ र प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने पनि उनलेे बताए । 
स्थानिय सरकारलाई मजबुत बनाउनका लागी प्रदेश र संघ सरकारले आर्थिक रुपमा बलियो बनाउनुपर्ने , अहिले बजेट अभावका कारण योजना बनाउन पनि गाउँपालिकालाई गाह्रो हुने गरेको छ । स्थानिय पालिकाका योजनाहरुलाई पनि मुर्त रुप दिन समस्या भैरहेको अवस्था छ ।

उपाध्यक्ष राधिका जोशीले आफू जनप्रतिनिधि भएपछि सधै जनताको सेवामा लागेको बताए । आफू न्याय संयोजक भएकाले सधै न्यायको पक्षमा लागे र गाउँमा हुने पहिला हिंसा लैङ्गकि हिंसा घरेलु हिंसा बिरुद्ध गाउँ टोलमा पुगेर विभिन्न सचेतनमुलक कार्यक्रम गरि सचेतता फैलाएको बताइन् ।

गाउँपालिकाका कर्मचारीको पक्षबाट बोल्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत गगन एडीले कुनै कुनै ठाउँमा कर्मचारीलाई अमानवीय व्यवहार गरेको सुन्नमा आएपनि छबिस पाथिभेरा गाउँपालिकामा त्यस्तो भएको छैन  । हामी कर्मचारीहरूले  सधै जनप्रतिनिधिको माया साथ हौसला पाएका छौ उनलेे भने ।

यस्तै वडा नम्बर ६ का वडाध्यक्ष मोहनलाल विकले आफू जनप्रतिनिधि भइ आएपछि सडक सञ्जाल गाउँघरमै पुर्‍याउएको बताए ।  जनताले चाहेजति सेवा दिनमा आफू  पछि नपरेको, दिनरात जनताको सेवामा लागेको र केही योजना अधुरा रहेकोले योजना पूरा गर्नका लागि आवश्यक बजेट मिलाइ दिनसमेत गाउँपालिकालाई आग्रह  गर्नुभएको थियोे ।  अध्यक्ष विकले आफू जनप्रतिनिधि हुनुभन्दा पुर्व समाजसेवा गर्दै आएको र जनप्रतिनिधि भएर पनि समाज सेवा गरेको बताउँदै फेरि पनि समाजसेवामै समर्पित रहने बताए ।
उनले आफू जनप्रतिनिधि भएपछि आफूबाट भएका कमिकमजोरी अन्जानमा भएका गल्तीलाई क्षमा गरिदिनपनि
भन्नुभएको थियो ।

अधिवेशनमा बोल्दै वडा नम्बर ७ का वडा अध्यक्ष पदम मण्डेलले आफू जनप्रतिनिधि भएर आउनु भन्दा पुर्व र आफू जनप्रतिनिधि भएर आएपछि आकासपातलाको फरक भएको बताए ।
आफू जनप्रतिनिधि भएर आउनु पुर्व गाउँघरमा, खानेपानी, बाटोघाटो , सडक सञ्जाल थिएन् अहिले गाउँगाउँ टोलटोलमा खानेपानी पुगेको छ , बाटोघाटो पुगेको छ वडा सडक सञ्जाल सँग जोडिएको बताए ।
जनप्रतिनिधिले कुनै भ्रष्टाचार नगरेको भन्दै  आएका योजनाहरूको उपभोक्त समिति गठन गरिन्छ , बजेट भुक्तानी उपभोक्त समितिबाट हुन्छ उनलेे भने ।

यस्तै प्रत्येक वडाका वडाध्यक्षहरूले आफू जनप्रतिनिधि भएर आएपछि सरकारबाट प्राप्त बजेट अनुसार बिकास भएको बताएका थिए । पहिलो सडक सञ्जाल को नाम गाडीको नाम सुन्ना पाइन्थ्यो , कहिले जोडिएला हाम्रो गाउँघरमा सडक सञ्जाल लाग्थ्यो , स्थानीय सरकार आउने वितिकै गाउँपालिकाभर सडक सञ्जाल पुर्‍याउन सफल भएको  बताएका थिए ।


गाउँपालिकामा जनप्रतिनिधि आएपछि पहिलो कार्यकालको यो अन्तिम गाउँसभा भएको अध्यक्ष धामीले भने । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212