सुर्मा गाउँपालिकामा साँस्कृतिक कार्यक्रम हुँदै , कार्यक्रममा आफ्नै पहिरनमा आउन अनुरोध

सेयर गरौं

बझाङ / चैत १, जिल्लाको सुर्मा गाउँपालिकामा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
सुर्मा समाज सुधार युथ क्लब र सुर्मा गाउँपालिका वडा नम्बर ४ को समन्वयमा उक्त कार्यक्रम हुने भएको हो ।

हिन्दु संस्कृतिको रङ्गहरुको महान पर्व फागु पुर्णिामाको अवसर पारी सुर्मा गाउँपालिका वडा नम्बर ४ स्थित सुर्मा माध्यमिक विद्यालय थकुन्नाडामा नेपालकै चर्चित गायिका वर्षा रावतको उपस्थिति सहित सुदूरपश्चिमको हाम्रो सान, देउडा , ढाँके नाच एवम् साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको सुर्मा समाज सुधार युथ क्लबका अध्यक्ष युवराज सुर्मेलीले बताए ।

कार्यक्रमका मुख्य आकर्षक चर्चित गायिका वर्षा रावत, फुट भ्लगर सिद्घार्थ घिमिरे , सुदूरपश्चिम चिनाउने अभियन्ता, हिमालयन फोटो ग्राफी , ढाँके नाच , देउडा र विविध साँस्कृतिक कार्यक्रम रहेका फागुन २८ गते युथ क्लबले जारी गरेको सूचनामा उल्लेख छ ।

सुर्मा गाउँपालिकाको गाउँघर चिनाउने आर्थिक अवस्थामा सुधार ल्याउने धार्मिक तथा पर्यटकीय स्थानलाई प्रवर्द्धन गर्ने क्लबको उदेश्य रहेको अध्यक्ष सुर्मेलीले बताए ।

साँस्कृतिक कार्यक्रममा गाउँपालिका भरका राजनितीज्ञ समाजसेवी बुद्धिजिवि कर्मचारी शिक्षक विद्यार्थी र सम्पुर्ण गाउँवासी नागरिकको गरिमामय उपस्थितिका लागि सूचनामार्फत आमन्त्रण गरिएको छ ।
कार्यक्रममा आउँदा दाउरा सुरुवाल ढाका टोपी गुन्योचोलो लगायतका आफ्नै पहिरन मौलिक पोशाक लगाए आउन समेत अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212