विना अनुमती बैतडीमा प्याराग्लाईडिङ गर्ने ब्यक्ति पक्राउ

सेयर गरौं

बैतडीमा विना अनुमती प्याराग्लाईडिङ गर्ने ब्यक्ति पक्राउ परेका छन् । सोमवार दिउसो जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर १ मुस्याचोर र वडा नम्बर २ को देहीमाण्डौ क्षेत्रमा विना अनुमती प्याराग्लाईडिङ गर्ने ब्यक्ति पक्राउ परेका हुन् । उनी अष्ट्रियाका ३२ बर्षिय नागरिक फिलिप जेनर्ले रहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सुचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभएको छ । उनलाई पक्राउ गरेर नागरिक उड्यन कार्यालय धनगढी पठाईएको भारतीले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1245