गोली लागेर डडेल्धुरामा एक जनाको मृत्यु

सेयर गरौं

डडेल्धुरामा जङ्गली जनावर मार्नका लागि थापेको भरुवा बन्दुकको पासोको गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर ५ स्थित पटौरा सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि थापेको भरुवा बन्दुकको पासोको गोली लागेर गन्यापधुरा वडा नम्बर ४ का ४५ वर्षका दलबहादुर पानको मृत्यु भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार गोली लागेर घाइते भएका दलबहादुरलाई डडेल्धुरा अस्पताल लैजादैँ गर्दा बाटोमा नै मृत्यु भएको हो । उनको शव अस्पतालमा राखिएको बताइएको छ । त्यस्तै, घटनामा संलग्न रहेको अनुमानमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि नियन्त्रणमा लिइएकाहरुको परिचय खुलाइएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
4
संवाददाता
संवाददाता
Articles: 1245