८ माघ २०८२, बुधबार

बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु
बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आइतबार साँझ पाटनबाट सुर्नया तर्फ जादै गरेको से १ ख १२४२ नम्बरको मिनी ट्रक पाटन नजिकै सडकमा पल्टिदा भएको दुर्घटनामा परी सुर्नया ३ का २५ बर्षीया दुर्गा चन्दको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । गम्भिर घाइते भएकी चन्दलाई उपचारका लागि डडेल्धुरा लैजादै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाहीले जानकारी दिनुभयो ।
मिनि ट्रकमा सवार ५ जना घाइते भएका छन् । सुर्नया गाउँपालिका ३ का ३५ बर्षीया माधवी चन्द, ३५बर्षीया बसन्ती भट्ट, ३३ बर्षीया कलावती भट्ट, सुर्नया ३ कै २८ बर्षीया निर्मला चन्द र ३३ बर्षीया पार्वती बिष्ट घाइते भएका छन् ।
माधवी, बसन्ती र कलावतीलाई डडेल्धुरा लगिएको छ भने निर्मला र पार्वतीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
लिपपोतको लागि रातो माटो लैजानकोलागि उनीहरु पाटन आएको प्रहीले जनाएको छ । मिनिट्रक चालक पाटन ४ का विरेन्द्र खत्री फरार छन् ।







