२५ मंसिर २०८१, मंगलवार
नेकपा माओवादी केन्द्र थलारा गाउँपालिकामा विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
बझाङ चैत १२,
जिल्लाको नेकपा माओवादी केन्द्र थलारा गाउँपालिकामा विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई लक्ष्यित गरि विस्तार बैठक तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।
आगामी स्थानीय तहको निर्वाचनमा पार्टीका निति सिद्धान्त र विचार आम कार्यकर्तालाई बुझाउन विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको नेकपा माओवादी केन्द्र थलाराले जनाएको छ ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा थलारा गाउँपालिका इन्चार्ज शेरबहादुर साउँदले अब आफू नयाँ रुपान्तरणमा अगाडि बढ्ने बताए , आगामी चुनावमा कसरी जाने भन्ने बिषयमा टोल कमिटी हुदै गाउँ कमिटी र गाउँ हुँदै जिल्ला कमिटी सम्म यसबारेमा छलफल हुनु जरुरत रहेको बताएका थिए ।
नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सचिव जनक बुढाले सर्वप्रथम त वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा कसरी जाने भन्ने बारेमा छलफल गर्न सबै जुट्नुपर्ने बताउनु भएको थियोे । २०६४ सालमा नेकपा माओवादी केन्द्र पार्टी राम्रो बलियो भएपनि केही व्यक्तिका कारणले कमजोर भएको छ उनलेे भने , माओवादीलाई पुर्वावस्थमा फर्काउने उदेश्यमा पार्टी लागिपरेको बताएका हुन् ।
अघिल्लो स्थानीय तहको चुनावमा विपक्ष पार्टीले जितेता कारण आफ्नो योजना धारण उदेश्य अधुरै रहेकोले अब पालिकामा माओवादीलाई बिजेता गराउनका लागि सबै सक्रिय भएर पार्टीमा लाग्नुपर्ने भएको छ बुढाले भने ।
मेहनत नगरे पार्टीले पहिला जस्तै ५ वर्षसम्म टुलुटुलु हेर्नुपर्ने अवस्था आउनेछ त्यसैले सब सक्रिय भई माओवादीलाई जिताउनेमा लाग्न पनि सचिव बुढाले भन्नुभएको हो ।
यस्तै माओवादीकी केन्द्रिय सदस्य तथा माननीय शान्ति नेपाली जिल्लामा माओवादी केन्द्र कमजोरी नभएको बताउनु भएको छ । चुनावमा एक्लाएक्लै लड्ने हो भने एमाले काँग्रेस सँग प्रतिस्पर्धा हुने बताएकी छन् । अघिल्लो निर्वाचनमा माओवादीको आधार केन्द्रहरू भएको ठाउँमा प्रतिक्रियावादीहरूले खरिद बिक्री गरेको पनि उनलेे भनिन् ।
आगामी लक्ष्यमा पुग्नका लागि एकजुट भएर अगाडि बढ्नु उनलेे बताइन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज देवराज रेग्मीले समावेशी लोकतन्त्रको स्थापना धर्मनिरपेक्षता महिला पुरुष बराबरको हक , दलित , उत्पीडित का लागि हक अधिकार माओवादीले ल्याएको बताउँदै जनताले बुझ्नु जरुरत रहेको बताउनुभएको छ ।
यस्तै नेकपा माओवादी केन्द्र थलारा अध्यक्ष पदम बहादुर खड्काले विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमले चैत २५ गतेसम्मका लागि वडाका बैठक र भेलाहरू गर्ने , पार्टीको निर्देशन अनुसार वडाको वस्तुगत स्थिति संगसंगै डाटा संकलन गर्ने लगायतका निर्णय भएको बताउनु भयो ,
कार्यक्रम नेकपा माओवादी केन्द्र थलारा अध्यक्ष पदमबहादुर खड्काको अध्यक्षतामा भएको हो । प्रमुख अतिथि केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज देवराज रेग्म, विशिष्ट अतिथि पार्टीका केन्द्र सदस्य तथा माननीय शान्ति नेपाली र पार्टीका प्रदेश कमिटी सचिव जनक बुढा लगायत अन्य अतिथिहरू रहनुभएको थियोे ।