८ आश्विन २०८०, सोमबार

धनगढी विमानस्थल आजदेखि दैनिक १८ घन्टा सञ्चालनमा आउने
रात्रिकालीन उडानयोग्य पूर्व भद्रपुरदेखि सुदूरपश्चिम धनगढीसम्मका विमानस्थलमा अब राति १२ बजेसम्म सेवा सञ्चालन हुने भएको छ।
नियामक प्राधिकरणले आजबाट भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई दैनिक १८ घन्टा सञ्चालनमा ल्याउने निर्णय गरेको हो।
हालसम्म १२ घण्टा मात्र सञ्चालन हुँदै आएका यी विमानस्थलहरू आजबाट बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालन हुने भएका हन्। यसले काठमाडौँ विमानस्थलको विद्यमान उडान चाप पनि व्यवस्थापन हुने तथा कोभिड कहरपछि जुर्मुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने प्राधिकरणको विश्वास छ।
प्रादेशिक रूपमा आर्थिक गतिविधि बढ्नेछन्। उडान चापले यात्रा डिले हुँदा घन्टौंसम्म यात्रुले विमानस्थलमा निकै सास्ती व्यहोर्दै आएका छन्।
उडान ढिलाइ भएकै कारण घन्टौं यात्रुले विमानस्थलको भुइँमा बस्नुपर्ने, बालबालिकाले व्यहोर्नुपर्ने सास्ती हटेर जाने बताइन्छ। रात्रि उडानका लागि नेपालमा उडान भर्ने आन्तरिक र अन्तर्राष्ट्रिय एयरलाइन्ससँग छलफल भइसकेको प्राधिकरणले जनाएको छ।