पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा बझाङमा एक युवक पक्राउ

सेयर गरौं

बझाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको छबिस पाथीभेरा गाउँपालिकाका एक युवकले मदिरा सेवन गरी बालिकालाई बलात्कार गरेको प्रहरी समक्ष स्वीकार गरेका हुन । 

वैशाख १६ गते आफ्ना बाबुसँग बिहे हेर्नका लागि मामाघर गएकी ती बालिकालाई सोही दिन युवकले बलात्कार गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् । पीडितका बाबु सँगै बिहेभोजमा मदिरा सेवन गरेका युवकले बालिकालाई चाउचाउ किनिदिने लोभ देखाएर नजिकै रहेको आफ्नै गोठमा लगी बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयको अनुसन्धानबाट खुलेको छ ।

चाउचाउ किनिदिएपछि बालिकालाई बोकेर बिहेभोज स्थलबाट आधा किलोमिटर टाढा रहेको गोठमा लगेर बलात्कार गरेको र बालिका रुन थालेपछि बोकेरै पहिलेकै ठाउँमा ल्याएर छोडेको बुझिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ज्ञानबहादुर विष्टले बताए । उनी माथि थप अनुसन्धानको काम भइरहेको प्रहरीले जनाएको छ । 

घटनापछि फरार अभियुक्तलाई १९ गते साँझ थलारा गाउँपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताए।

बलात्कृत बालिकामा शारीरिक र मानसिक समस्या आएपछि उनको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
1
+1
0
+1
4
+1
29
थलारा खबर
थलारा खबर
Articles: 72