यस्ता छन् छबिस पाथिभेरा गाउँपालिका ७ का गठबन्धनका साँझा उम्मेदवार मण्डेलका चुनावी प्रतिबद्धता

सेयर गरौं

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बझाङको छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्षका उम्मेदवारले आफ्नो उम्मेदवारी प्रतिबद्धता सार्वजनिक गर्नु भएको छ ।
तीन दलिय गठबन्धनका साँझा वडाध्यक्षका उम्मेदवार मीन बहादुर मण्डेलले आफूलाई किन र केका लागि वडाध्यक्ष पदमा विजयी गराउने भन्ने आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गर्नु भएको हो ।

मण्डेलले २० वटा चुनावी प्रतिबद्धताहरू सार्वजनिक गरेका छन् । सबैभन्दा पहिला मण्डेलले गाउँसमाजका टोल स्वच्छ सफा सुन्दर हुनुपर्छ र विभिन्न खालका रोगबाट बच्नुपर्छ भन्दै एक घर एक शौचालय निर्माण गरिने प्रतिबद्धता सार्वजनिक गरेका हुन्। वडामा सडक पुगेपनि बर्खायामा पानीका कारणले अवरुद्घ हुने सडक खण्डलाई बाह्र महिना सञ्चालन हुने सडक निर्माणका लागि पहल गरिने ।

= एक घर एक शौचालय निर्माण गरिने,
= बाह्र महिना सञ्चालन हुने सडक निर्माणका लागि पहल गरिने,

= मजखोरी मावि, सुर्मा आवि, सुुर्यदय आवि, नमुना आविमा स्तरोन्नती, भौतिक संरचना निर्माण तथा निजि स्रोतका शिक्षकहरुको तलब, भत्ता लगाएतको सुविधा प्रदान गर्नका लागि पहल गरिने,

= मजखोरी माविलाई प्राविधिक शिक्षा प्रदान गर्न पहल कदमि गरिने ,

= शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, यातायात, सञ्चार लगाएततका जनताका आवश्यकतालाई, विशेष प्राथमिकता दिईनेछ ,

= सञ्चारबाट वञ्चित क्षेत्रमा टेलिफोन सेवा, इन्टरनेट सेवा जडान गर्न विशेष पहल गरिनेछ ,

= वडानं भरिका खरले छाएका घरहरुलाई खररहित बनाउन पहल कदमी गरिनेछ ,

= प्रत्येक टोलमा घरघरमा जान सडक सञ्जाल जोडिने पहल गरिनेछ
= खोरी टोललाई तरकारी क्षेत्र घोषणा गरी पहल कदमी गरिनेछ,

= बुडखोरीमा आलु पकेट क्षेत्र घोषणा आय आर्जनमा टेवा पुर्याउने ,

= बुडखोरीमा टोलमा वथिङ सेन्टर सञ्चालन गर्ने,

= आधारभुत स्वास्थय इकाइ केन्द्रलाई मजखोरीलाई स्तर उन्नती गरि व्यवस्थित स्वास्थ्य केन्द्र गरिनेछ ,

= यस वडामा केन्द्रिय विद्युत प्रशारण लाईन जडान लागि आवश्यक पहल गरिने ,

= पर्यटकिय क्षेत्र पाथिभेरा हिमाल, वाइसधारा, रिखेनी ताल, सुर्मा मन्दिर, दानछाडो झरना, त्रिवेणी धाम, नौरा, घट्टे, खोरीका मन्दिरलाई संरक्षण साथ आवश्यक पहिचान गरी पर्यटकिय क्षेत्र घोषणा गर्न आवश्यक पहल गरिनेछ ,

= यस वडाका प्रत्येक टोललाई कृर्षिमा निर्भर बनाउन प्रत्येक टोलमा आधुनिक कृषि औजार उपलब्ध गराई प्रत्येक टोलमा जनसमुदायलाई कृर्षिमा आत्म निर्भर बनाइनेछ ,

= पाथिभेरा र लामन डाडामा पर्यटकीय स्थलको स्थापना ,

= आर्थिक अवस्था न्यून भएका, खेलकुद, गायन तथा अन्य बिधाका उत्कृष्ट बिध्यार्थिलाई छात्रवृत्तिको ब्यबस्था ,

= समाजमा रहेका बिकृती,कुरितिको अन्त्य र लागू ,
औसध, जाडरक्सिको बढ्दो प्रयोगलाई दुरुत्साहन गर्दै यसको न्यूनीकरणमा आवश्यक कदम चाल्ने ,

= मेरो वडा म बनाउछु नारालाई मुर्तरुप दिन आवश्यक योजना बनाउने आकस्मिक कोस महामारी, आपतबिपतका लागि पुर्व तयारी स्थापना गर्ने,

= कृषक समूह,सहकारी मार्फत आत्मनिर्भर कार्यक्रम सन्चालन, संस्थागत बिकासमा सहयोग, उत्कृष्ट कृषकलाई सम्मान तथा प्रोत्साहन भत्ताको ब्यबस्था गर्ने, सीप सिकाइ आत्मनिर्भर बनाउने लगायतको प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएको हो । प्रतिबद्धता पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212