बझाङमा पहिरोका कारण अवरुद्ध भएको जयपृथ्वी राजमार्ग सुचारु

सेयर गरौं

बझाङमा पहिरोका कारण अवरुद्ध भएको जयपृथ्वी राजमार्ग सुचारु भएको छ। 

जिल्लाको केदारस्यूँ गाउँपालिका १ स्थित सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध थियो 

मंलबार आएको वर्षाका कारण पहिरो गएको हो। हिजो राति ८ बजेबाट अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको थियो । 

स्थानिय र प्रहरीको सहकार्यकामा स्काईभेटरको मद्दतले पहिरो पन्छ्याएर राजमार्ग अहिले पुन : सुचारु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1346