काँग्रेस बझाङको सामाजिक संजाल र रेडियो मार्फत बागी उम्मेदवारी फिर्ता लिन अनुरोध , नलिए ६ वर्षका लागि कारबाही गरिने

सेयर गरौं

नेपाली काँग्रेस बझाङले बागी उम्मेदवारी फिर्ता लिन अनुरोध गरेको छ ।
नेपाली काँग्रेस कार्यसमिति बझाङले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यहीँ बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि बागी उम्मेदवारी लिएका आफ्नो पार्टीका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन अनुरोध गरेको हो ।

स्थानीय तहको चुनावमा नेपाली काँग्रेस तथा गठबन्धनका साँझा उम्मेदवारका बिरुद्ध बागी उम्मेदवार दिने नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरूलाई आफूले दिएको उम्मेदवारी तत्कालै समाजिक संजाल र एफएम रेडियो मार्फत फिर्ता लिन अनुरोध गरेको नेपाली काँग्रेस बझाङका कार्यवाहक सभापति दल बहादुर बिष्ट ( कृष्ण) ले बताउनुभएको छ ।

उम्मेदवार फिर्ता नलिएमा ६ वर्षसम्म कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ ।
प्रेस विज्ञप्तिमा भनिएको छ बागी उम्मेदवारी फिर्ता नलिए उम्मेदवार उम्मेदवारका प्रस्ताव, समर्थक बस्ने व्यक्ति , निजको प्रचारप्रसारमा संलग्न व्यक्ति र आधिकारिक उम्मेदवारका विरुद्ध अर्नगल प्रचार गर्ने पार्टीका नेता तथा कार्यकर्ताहरूको सक्रिय सदस्यता ६ वर्षका लागि निलम्बन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212