३ फाल्गुन २०८१, शनिबार

थलारा गाउँपालिकामा गठबन्धन घरदैलो अभियानलाई तिब्रता दिँदै
बझाङमा पनि चुनावी प्रचारप्रसार अभियानलाई सबै रजनीतिक दलहरुले तीव्र बनाएका छन् । आसन्न स्थानीय तह चुनावको मिति नजिकिएसँगै अहिले जिल्लाका विभिन्न गाउँ ठाउँमा आ–आफ्ना पार्टीका झण्डा फहराउँदै चुनावी गीतमा नाच्दै र रमाउँदै हिँड्नेमा नेतादेखि कार्यकर्ताको ताँती छ ।
सत्तारुढ गठबन्धनमा रहेका दलहरु,, नेकपा एमाले अन्य राजनीतिक दलहरु र स्वतन्त्र उम्मेदवारहरू आ–आफ्नै चुनावी एजेण्डा लिएर मतदाताको घरदैलामा पुग्न थालेको पाइन्छ । यसै क्रममा बझाङको थलारा गाउँपालिकामा पनि सत्तारुढ गठबन्धन दल अहिले चुनावी प्रचारप्रसार र घरदैलो अभियानमा तिब्रता दिइरहेको छ ।
जिल्लामा भएको तीन दलिय गठबन्धनको भागबण्डामा थलारा गाउँपालिका नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो ।
त्यहीँ भागबण्डालाई आधार मानी पालिका अध्यक्ष पदका लागि गठबन्धनका साँझा उम्मेदवार नेकपा एकीकृत समाजवादीबाट विनोद थापा र उपाध्यक्ष पदका लागि नेपाली काँग्रेसबाट राम खाती छन् ।
अहिले उनीहरू घरदैलो अभियान गर्दै जनतासमक्ष भोट मागी रहेका छन्
अहिले थलारा गाउँपालिकामा गठबन्धन दल यहीँ बैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि चुनावी प्रचारप्रसारमा तिब्रता दिइरहेको अध्यक्षका उम्मेदवार थापाले बताए ।
वडा नम्बर १ बाट सुरु गरिएको घरदैलो अभियान लगभग ९ नम्बर सम्म पुगेको प्रचारप्रसारमा सहभागीहरूले जानकारी दिए ।
त्यस्तो नेकपा एमाले स्वतन्त्र उम्मेदवार लगायत अन्य राजनीति दलहरू थलारा गाउँपालिकामा घरदैलो अभियानमा तिब्रता दिइरहेको देखिन्छ ।
शिक्षा, स्वास्थ्य खानेपानी सडक संजाल बाटोघाटो र रोजगारीलाई पहिलो प्राथमिकतामा राखेर आफू घरदैलोमा हिडिरहेको उम्मेदवार थापा र खातीले बताएका हुन् ।
अहिले जिल्लामा विशेष गरेर मुख्य पदका उम्मेदवार गाउँमा पुग्दा भोट मात्र माग्दैनन् । मतदाताको समस्या बुझ्दै डायरीमा नोट गर्दै आफूले जितेमा सबै काम गरिदिने प्रतिबद्धतासमेत जनाउने गरेका छन् ।