थलारा गाउँपालिका अध्यक्षमा रोकाया उपाध्यक्षमा खाती विजयी , कुन वडामा को भए विजयी

सेयर गरौं

बझाङको थलारा गाउँपालिकाको अध्यक्ष नेकपा एमालेका उम्मेदवार र उपाध्यक्षमा गठबन्धन(कांग्रेस) का उम्मेदवार विजयी भएका छन्। बिजय हासिल गरेका प्रकाश रोकाया २७७४ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी स्वतन्त्रका कुलराज जोशीले २११२ मत र गठबन्धनका विनोद थापा १२०३ मत प्राप्त गरेका छन्। 

यस्तै उपाध्यक्षमा गठबन्धनका (नेपाली कांग्रेस) उम्मेदवार रामबहादुर खाती ३१५० मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका मिरादेवी रावलले २५८७ मत मात्रै प्राप्त गरिन्। यस्तै वडा नम्बर १ मा गठबन्धन (नेकपा माओवादी) रबिन्द्र जोशी ३६० मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण जोशी २८० मत प्राप्त गरि पराजित भएका छन्। 

वडा नम्बर २ मा नेकपा एमालेका उम्मेदवार रबिन्द्र खातीले २७७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी गठबन्धन (नेपाली कांग्रेस) का इन्द्र खातीले २११ मत प्राप्त गरि पराजित भए। वडा नम्बर ३ मा गठबन्धन (नेकपा माओवादी) ४८५ मत प्राप्त गरि विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका मोहन भण्डारीले २८० मत प्राप्त गरि पराजित भए। वडा नम्बर ४ मा गठबन्धन (नेपाली कांग्रेस) का रामचन्द्र जोशीले ३५७ मत प्राप्त गरि विजयी भए भने उनका प्रतिस्पर्धी नेकपा एमालेका मेनुका धामी साउँदले ३५२ मत प्राप्त गरि ३ मत पराजय बेहोरिन्। 

वडा नम्बर ५ मा गठबन्धन (नेपाली कांग्रेस) नरबहादुर खाती ३९० मत प्राप्त गरि विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका गणेश विष्टले ३१३ मत प्राप्त गरि पराजित भएका छन्। वडा नम्बर ६ मा गठबन्धन (नेकपा एकीकृत समाजवादी) का उम्मेदवार अनिलकुमार बिष्टले ३७९ मत प्राप्त गरि विजय हासिल गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका चेतराज पाण्डले २८४ मत प्राप्त गरि पराजित भएका छन्। 

वडा नम्बर ७ मा नेकपा एमालेका उम्मेदवार किस्न सार्की ३४४ मतसहित विजयी भएका छन् भने गठबन्धन (नेपाली कांग्रेस)का शेरबहादुर रोकाया २९२ मत प्राप्त गरि पराजित भएका छन्। वडा नम्बर ८ मा नेकपा एमालेका कविराज जोशी ४६० मतसहित विजयी भएका छन् भने गठबन्धनका (कांग्रेस) मोतिलाल पाध्या २३३ मत ल्याएर पराजित भएका छन्। र वडा नम्बर ९ मा गठबन्धन (नेकपा एकीकृत समाजवादी) का उम्मेदवार लोकेन्द्र बिष्ट ४८७ मतसहित विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिरा भण्डारीले ४३८ मत प्राप्त गरि पराजित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1245