३ जेष्ठ २०८२, शुक्रबार

छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर ७ मा गठबन्धन र एमालेलाई हराउँदै स्वतन्त्र उम्मेदवार धामी विजयी
बझाङको छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर ७ मा गठबन्धन र एमालेलाई हराउँदै स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
नेकपा माओवादी केन्द्रबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका विजय धामी वडाध्यक्षमा विजयी भएका हुन् ।
गुलाफको फूल चुनाव चिन्ह लिएर चुनाव लडेका स्वतन्त्र उम्मेदवार धामीले १ सय ३३ मतले विजेता हासिल गरेका छन् ।
धामीले ३ सय ८७ मत पाएका छन् ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष शिशिर धामीले २ सय ४२ मत पाए भने गठबन्धनतर्फबाट नेपाली काँग्रेसका साँझा अध्यक्ष मीन बहादुर मण्डेलले २ सय ५४ मत पाए ।
वडा सदस्यमा स्वतन्त्रबाट महिला सदस्य हर्का देवी धामी ३ सय २३ मत ल्याएर विजयी भएकी छन् सदस्यमा गठबन्धन तर्फबाट एसका बसन्त धामीले ४ सय ७१ मत ल्याए भने गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकि अन्जना बोहराले ३ सय ४५ मत ल्याएर विजयी भएका छन् ।,
त्यस्तै गाउँपालिका अध्यक्षका लागि गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका बसन्त चलाउनेले ६ सय ११ मत पाएका छन, भने नेकपा एमाले अध्यक्ष रामप्रसाद भट्टले १ सय ९३ मत पाएको प्रमुख निर्वाचन अधिकृत इश्वरी प्रसाद ज्ञवालीले जानकारी दिए ।
यसैगरी उपाध्यक्ष गठबन्धन साँझा नेकपा एकीकृत समाजवादीका लछिमन बोहराले ४ सय ६५ मत पाए भने नेकपा एमालेकी उपाध्यक्ष देबकी बुढाले २ सय ७२ मत पाएको प्रमुख अधिकृत ज्ञवालीले बताउनुभयो ।