थलारा गाउँ पालिकाका नव निर्वाचित अध्यक्ष रोकायाद्धारा पदभार ग्रहण

सेयर गरौं

बझाङ थलाराङ, थलारा गाउँपालिकाका नव निर्वाचित अध्यक्ष प्रकास रोकायाले आज पदभार ग्रहण गर्नु भएको छ । जिल्ला न्याधिस सामु पद तथा गोपनियताको सपथ खाएपछि रोकायाले गाउँपालिकाको पदभार ग्रहण गर्नु भएको हो । गत वैसाख ३० गते भएको स्थानिय तह निर्वाचनवाट रोकाया थलारा गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनु भएको थियो । पालिका प्रमुखहरुले जिल्ला न्याधिस समक्ष सपथ खाने र बाकी निर्वाचित जनप्रतिनिधिले पालिका प्रमुख समक्ष सपथ खानु पर्ने प्राब्धान अनुसार भोलि सनिवार दिउसो १ बजे थलारा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथ कार्यक्रम तय भएको थलारा गाउँपालिका सुचना अधिकृत प्रकाश भण्डारीले जानकारी दिनु भएको छ । उनका अनुसार निवर्तमान गाउँपालिकाका जन प्रतिनिधिहरुको बिदाइ पनि भोलि नै गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1245