थलारा गाउँ पालिकाका नव निर्वाचित उपाध्यक्ष राम बहादुर खाती र वडा अध्यक्षले गरे पदभार ग्रहण

सेयर गरौं

थलारा गाउँ पालिका उपाध्यक्ष राम वहादुर खाती लगायत नव निर्वाचित वडा अध्यक्षहरुले सोमवार पदभार ग्रहण गर्नु भएको छ । कार्यकक्षमा पहिलो फाइलमा हस्ताक्षर गरि उपाध्क्ष खातीले कार्यभार सम्हाल्नु भएको हो । कार्यकक्षमा प्रवेश गर्दा पण्डित राम प्रसाद जोशीले स्वस्तिक वाचन गर्नु भएको थियो । थलारा गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत सिद्ध राज पण्डित लगायत कर्मचारीले स्वागत गर्नु भएको थियो । थलारा गाउँ पालकाका नवनिर्वाचित अध्यक्ष प्रकास रोकायाले शुक्रवार नै आफ्नो पदभार ग्रहण गरिसक्नु भएको छ । शनिवार पदतथा गोपनियताको सपथ लिनु भएका उपाध्क्ष खाती लगायत ९ वटै वडाका नवनिर्वाचित वडा अध्यक्षहरुले पनि सोमवार नै पदभार ग्रहण गर्नु भएको छ । शनिवार र आइतवार सरकारी विदा भएकाले कार्यालय सोमवार खुलेपछि नवनिर्वाचित जनप्रतिनिधीहरुले सोमवार मात्र पदभार ग्रहण गरेका हुन । वडा नम्वर १ का वडा अध्यक्ष रविन्द्र जोशी वडा नम्वर २ का वडा अध्यक्ष रविन्द्र खाती वडा नम्वर ३ का वडा अध्यक्ष प्रकास भण्डारी वडा नम्वर ४ का वडा अध्यक्ष रामचन्द्र जोशी वडा नम्वर ५ का वडा अध्यक्ष नर खाती वडा नम्वर ६ का वडा अध्यक्ष अनिल कुमार विष्ट वडा नम्वर ७ का वडा अध्यक्ष किस्ने सार्की वडा नम्वर ८ का वडा अध्यक्ष टिकाराज जोशी र वडा नम्वर ९ का वडा अध्यक्ष लोकेन्द्र विष्टले सोमवार वडा कार्यालयमा आफ्नो पदभार ग्रहण गर्नु भएको हो । वैसाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा थलारा गाउँपालिकामा नेकपा एमालेले गाउँपालिका अध्यक्ष सहित ३ वडा नेपाली काँग्रेसले उपाध्यक्ष सहित २ वडा नेकपा माओवादी केन्द्रले २ वडा र नेकपा एकिकृत समाजवादीले २ वडामा विजय हासिल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
संवाददाता
संवाददाता
Articles: 1338