थलारा गाउँ पालिका कार्यपालिकाको चुनावमा गठवन्धन विजयी

सेयर गरौं
Election

थलारा बझाङ थलारा गाउँ पालिका कार्यपालिकाको निर्वाचनमा गठवन्धनको प्यानल विजयी भएको छ । मंगलवार भएको निर्वाचनमा गठबन्धको प्यानल विजयी भएको हो । नेपाली काँग्रेस नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको संयुक्त प्यानलले नेकपा एमालेको प्यानललाइ हराउदै विजयी भएको हो । थलारा गाउँ पालिका निर्वाचन अधिकृत टीकाराम थापाले दिनु भएको जानकारी अनुसार निर्वाचनमा जम्मा ४७ मत खसेको थियो । गठवन्धनको तर्फवाट नेपाली काँग्रेसको तर्फवाट रम्भा विक हेमन्ति सिंह नेकपा एकिकृत समाजवादीको तर्फवाट कमला कुमारी उपाध्याय जोशी र सुनिता गिरी महिलाको कोटामा विजयी भएका हुन विजयी सवैले २५/२५ मत प्राप्त गरेका हुन । त्यस्तै दलित तथा अल्पसंख्यक कोटामा नेकपा माओवादी केन्द्रका बिर्ख बहादुर मिजार र ज्ञानु नेपाली विजयी भएका हुन उनहरुले २६/२६ मत प्राप्त गर्नु भएको थियो । नेकपा एमालेको तर्फवाट हर्कु सायर मन्जु बोहरा जलुदेवी खड्का र कुमारी कुसुम बोहराले कार्यपालिकाका लागि उमेदवारी दिएका थिए । उनिहरुले २२/२२ मत प्राप्त गरी पराजीत भएका हुन । त्यस्तै दलित तथा अल्पसंख्यकको कोटावाट उमेदवार भएका डवल चनारा र लक्ष्मी देबी दमाइले २१/२१ मत प्राप्त गरी पराजित हुन भएको हो । विजयी सवैलाइ निर्वाचन कार्यालयले प्रमाणपत्र दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1245