थलारा गाउँपालिका वडा नम्वर ४ का बाढी पहिरो पिडितहरुलाई राहात वितरण

सेयर गरौं
20220529 161833428

बझङ थलारा थलारा गाउँ पालिका वडा नम्वर ४ का वाढी पहिरो पिडितलाई राहात वितरण गरिएको छ । आईतवार ईन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कडेलको पहलमा संकलन गरिएको रु.३ लाख ५० हजारको नगद राहात पिडितलाई वितरण गरिएको हो । राष्ट्रिय नाट्य तथा संगित प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं बरिष्ट डेउडा गायक नरेन्द्र राज रेग्मीले उक्त रकम थलारा गाउँपालिकाका जनप्रतिनिधिको रोहवरमा वितरण गर्नु भएको हो । गत असोज ३१ देखि कार्तिक ३ गते सम्म आएको बेमौसमी वर्षाका कारण गएको पहिरोमा परि थलारा गाउँपालिका वडा नम्वर ४ मा २३ जनाको ज्यान गएपछि प्राज्ञ रेग्मीको सल्लाह बमोजिम इन्द्रेणी कार्यक्रम मार्फत उक्त रकम संकलन भएको र समय अभावका कारण राहात बितरणमा ढीलाइ भएको गाएक रेग्मीको भनाइ रहेको छ । हिजो थलारा गाँपालिका अध्यक्ष प्रकास रोकायाको बिशिष्ठ उपस्थितिमा पहिरोमा परि एकै घरका १८ जना परिवार संख्या गुमाउने कलक सार्कीलाई रु.१ लाख ५ जना सदस्य गुमाउने नरे पार्कीलाई रु. ५० हजार नगद राहात वितरण गरिएको हो । त्यस्तै बाढी र पहिरोले घर बगाएका गम्भिरे डिख्ली गोविन्द डिख्ली लोकेश विष्ट लबु विष्ट जगदिश रावल सुना रावल र दान बहादुर बिष्टलाई २५/२५ हजार नगद राहात वितरण गरिएको वरिष्ट डेउडा गाएक रेग्मीले जानकारी दिनु भयो । उनका अनुसार बझाङ जिल्ला भरिका बाढी पिडितकालागि राहात संकलन भएको भएपनि बढी क्षति भएको क्षेत्रमा उक्त राहात वितरण गरिएको हो । खप्तड छान्ना गाउँ पालिकामा पनि ब्यापक क्षति भएकाले रु. २ लाख त्यस क्षेत्रका वाढी पहिरो पिडितलाइ वितरण गरिने उनको भनाइ रहेको छ । राहात वितरण कार्यक्रम थलरा गाउँपालिका वडा नम्वर ४ का वडा अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा थलारा गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष अनिल विष्ट वडा नम्वर ९ का वडा अध्यक्ष लोकेन्द्र विष्ट नेकपा माओवादी केन्द्र थलरा अध्यक्ष पदम खड्का पत्रकार सुवास कठायत लगायत स्थानियको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 269