नव नियुक्त युएमएन कार्यकारी निर्देशक धना लामा थलारा गाउँ पालिकामा

सेयर गरौं
IMG 20220531 082127

बझङ थलारा/ युएमएनका ईडि धना लामा थलारा गाउँ पालिका पुग्नु भएको छ । यु एम एनको सहयोगमा संचालन भई रहेका थलारा गाउँ पालिका योजनाहरुको अनुगम गर्न लामा थलारा पुग्नु भएको हो । नव नियुक्त ईडि लामा थलारा पुग्दा साझेदारी संस्था प्रगतिशिल युवा समाज सृजना परियोजना र सिकाइ परियोजनाका कर्मचारी तथा थलारा गाउँ पालिकाका जनप्रतिनीधिहरुले फुलमालाले स्वागत गरेका थिए ।

अनुगमनका क्रममा थलारा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रकास रोकायाको कार्यकक्षमा केहिवेर कार्यक्रमका वारेमा छलफल समेत गरिएको थियो । छलफलका क्रममा नवनिर्वाचित थलारा गाउँपालिका अध्यक्ष प्रकास रोकायाले युएम एन को कार्यक्रम पुग्नै पर्ने ठाउँमा पुगेको अझै यसको दायरा बढाउन सके झन प्रभावकारी हुने भन्दै दिवा खाजा पकाउनकालागि विधालयमा भान्सा घर बनाउन सके झन प्रभावकारी हुने धारणा ब्यक्त गर्नु भएको थियो ।

छलफलमा उपाध्यक्ष राम बहादुर खातीले सहयोगी संस्था र गाउँपालिका एक आपसमा समन्वय गरी जाँदा राम्रो हुने बताउनु भयो । थलारा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पदम ओलीले युएमएनले कोभिडको संक्रमणको समयमा स्वास्थ्य क्षेत्रमा ठूलो सहयोग गरेको गरेको बताउदै थलारा गाउँ पालिकामा पोषणको क्षेत्रमा सहयोग गर्न आग्रह गर्नु भयो । थलारा गाउँपालिका शिक्षा संयोजक हर्क रोकायाले युएमएनको कार्यक्रमको ब्यवस्थापन पक्ष एकदमै राम्रो छ भन्दै वालकक्षाकालागि सिकाइमा आधारित तालिम निकै प्रभावकारी रहेको धारणा ब्यक्त गर्नु भयो । त्यस्तै कृषिशाखा प्रमुख लोकेन्द्र धामीले युएमएनले कृर्षि क्षेत्रमा पनि प्रभावकारी काम गरेको बताउनु भयो ।

कार्यक्रममा युएमएन ईडि धना लामाले समुदायको आवश्यकता पहिचान भएर संवोधन भएको सुन्दा आफु उत्साहित भएको बताउदै राम्रो पक्षमात्र नभई कमि कम्जोरीका पक्ष भएपनि केलाई सुझाब दिन आग्रह गर्नु भयो । साथै जोखिम मोलेर कार्यक्रम कार्यान्वयन गराउन खट्ने प्रगतिशिल युवासमाजका कर्मचारीहरुलाइ धन्वाद समेत दिनु भयो ।

ईडि लामाले मंगलवार युएमएन/ प्रगतिशिल युवासमाज सृजना परियोजना अन्तरगत सन्चालन भएका स्थानिय कृषि उपज विक्रिकक्ष¸ भटमास तेल प्रसोधन केन्द्र¸ ग्रिल उधोग¸ कुखरा फारम¸ माछापोखरी¸ सीलाईकटाई र बर्षा पम्प र सिकाई परियोजना अन्तरगत बिधालयका बालमैत्री कक्षाहरुको अनुगमन गर्नु भएको सिकाइ परियोजनाका कार्यक्रम अधिकृत राजेन्द्र खडकाले जानकारी दिनु भयो ।

अनुगमन टोलीमा ईडी धना लामासंगै प्रोगराम टिमलिडर विकास श्रेष्ठ¸ यूएमएन बझाङ कलष्टर लिडर ज्योति चापाई¸ युएमएन बझाङ कलष्टर लिडर पाण्डव रसाइली¸ सृजना परियोजना ब्यवस्थापक मेनेजर इन्द्रिरा राई¸ प्रगतिशिल युवासमाज बझाङका अध्यक्ष रमेश केशी लगायत रहनु भएको थियो ।

युएमएन/ प्रगतिशिल युवासमाजले सृजनापरियोजना अन्तरगत प्रवासवाट फर्किएका युवाहरुलाई लक्ष्छित गरी कृषि ब्यवसाय र सिकाई परियोजना अन्तरगत थलारा गाउँपालिकाका बिधालयमा बालकक्षाहरुमा काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1335