थलारा गाउँ पालिकामा नयाँ जनप्रतिनिधिको स्वागत र पुरानाको विदाई कार्यक्रम सम्पन्न

सेयर गरौं
FB IMG 16540779457473598 1

बझाङ थलारा- थलारा गाउँ पालिकामा नयाँ जनप्रतिनिधिको स्वागत तथा पुराना जनप्रतिनिधिको विदाई कार्यक्रम सम्मपन्न भएको छ । थलारा गाउँ पालिकाका नव निर्वाचित अध्यक्ष प्रकास रोकायाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नव निर्वाचित जनप्रतिनिधि र पुराना जनप्रतिनिधि बिच अन्तरक्रिया पनि गरिएको थियो । कार्यक्रमा नयाँ जनप्रतिनिधिहरुले पुराना जनप्रतिनिधिको सुझाव सल्लाह लिएर अगाडि बढ्ने धारणा ब्यक्त गर्नु भएको थियो भने पुराना जनप्रतिनिधिहरुले पार्टीको मात्र न भै सम्पूर्ण थलारी जनताको प्रतिनिधि भएर काम गर्न सुझाव दिनु भएको थियो । थलारा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर ओलीको सञ्चालन रहेको कार्यक्रममा वडा नम्वर ३ का नव निर्वाचित वडा अध्यक्ष प्रकास भण्डारी वडा नम्वर ५ का वडा अध्यक्ष नर बहादुर खाती वडा नम्वर ६ का वडा अध्यक्ष अनिल कुमार बिष्ट वडा नम्वर ८ का वडा अध्यक्ष टीकाराज जोशी वडा नम्वर ९ का वडा अध्यक्ष लोकेन्द्र विष्ट उपाध्यक्ष राम बहादुर खातीले आफ्नो कार्यकालमा पार्टीको नभनि सम्पूर्ण थलारी जनताको प्रतिनिधि भएर काम गर्ने धारणा राख्नु भएको थियो । त्यस्तै निवर्तमान वडा नम्वर ५ का वडा अध्यक्ष दिर्घ राज जोशी र वडा नम्वर ८ का निवर्तमान वडा अध्यक्ष दिल बहादुर सिंहले आफ्धानो कार्यकालमा अभावका बाबजुद धेरै राम्रा कार्यहरु भएको भन्दै केही सपना अधुरा रहेकाले ती सपना परा गर्ने जिम्मा नयाँ जनप्रतिनिधिहरुको रहेको धारणा राख्नु भएको थियो । कार्यक्रममा नवनिर्वाचित गाउँपालिका अध्यक्ष प्रकास रोकायाले विदा भएर गएका निवर्तमान जनप्रतिनिधिहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा थलारा गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत सिद्धराज पण्डित गाउँपालिका अन्तरगतका विषय शाखा प्रमुख पत्ररकार र कार्यपालिका सद्स्यहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
संवाददाता
संवाददाता
Articles: 1259