१३ माघ २०८१, आईतवार
बिधार्थी प्रतिभा पहिचानका लागि थलारा गाउँ पालिकामा हाजिरी जवाफ प्रतियो गिता कार्यक्रम
बझांङ थलारा- बिधार्थी प्रतिभा पहिचानका लागि थलारा गाउँ पालिकामा गाउँ पालिका स्तरिय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम गरिएको छ । युएमएन/प्रगतिशिल युवा समाज र थलारा गाउँ पालिका शिक्षा शाखाको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम गरीएको हो । शुक्रवार थलारा माध्यामिक विधालयको प्रङगणमा सम्पन्न भएको कार्यक्रममा गाउँ पालिका भरीका ११ वटा विधालय सहभागि भएका थिए ।
प्रगतिशिल युवा समाज सिकाई परियोजनाका फिल्ड सहजकर्ता बशन्त नेपालीका अनुसार हाजिरी जवाफ प्रतियोगितामा कक्षा ६ देखि ८ कक्षा सम्मका विधार्थी सहभागी गराईएको थियो । प्रतियोगितामा पूर्णचन्द्रोदय मा.बि कुलाकाट्ने प्रथम भवानी मा.बि. माडौकाट्ने द्वितिय र थलारा मा.बि.खोली तृतिय भएका थिए । शारदा मा.बि. दंगाजीलाई सानत्वना पुरस्कार दिईएको थियो । पुरस्कारमा प्रमाण पत्र र नगद दिईएको थियो ।
कार्यक्रम थलारा गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष नर बहादुर खातीको अध्यक्षतामा भएको थियो । प्रगतिशील युवा समाज सिकाई परियोजना कार्यक्रम संयोजक राजेन्द्र खडकाको सञ्चालन रहेको कार्यक्रममा थलारा गाउँ पालिका शिक्षा संयोजक हर्क बहादुर रोकायाले स्वागत मन्तब्य राख्नु भएको थियो ।