बैक मार्फत सामाजिक सुरक्षा भत्ता उपलब्ध हुनथालेपछि थलारा गाउँ पालिकाका सेवाग्राही मर्कामा ।

सेयर गरौं

बझाङ थलारा- बैंक मार्फत सामाजिक सुरक्षा भत्ता प्रवाह हुन थालेपछि थलारा गाउँ पालिकाका सेवा ग्राही मर्कामा परेकाछन् । वडा कार्यालयवाटै सामाजिक भत्ता लिईरहेका थलाराका सेवाग्राही कुमारी बैंक थलारा शाखावाट बुझेर लिनु पर्दा मर्कामा परेका हुन ।

छोराको वालपोषण भत्ता बुझन आएकि थलारा गाउँ पालिका २ कि दिर्खा देवी बानिया बैकंवाट भत्ता लिन दिन भरि लाईनमा उभिईन साँझ सम्म भत्ता नपाए पछि धुरु धुरु रोईन । एकै दिनमा भत्ता बुझेर घर फर्कने गरि उनले ९ महिनाको दुधेवालक र गोठमा लैनो गाई छोडेर आएकि थिईन । त्यस्तै थलारा गाउँ पालिका २ डोर गाउँका ७५ बर्षका धनी खाती टनटलापुर घाममा भत्ता बुझ्ने पालो कुर्दा कुर्दा थाके । स्वास फेर्न समेत गाह्रो भयो । करिव ३० किलोमिटर टाढावाट आउदा पनि भत्ता बुझन दुई दिन लाग्ने भएपछि साँझ कहाँ बस्ने र के खाने भन्ने पनि उनलाई चिन्ता लागेको थियो ।

बैंकले कतिखेर नेटवर्क छैन भन्छ कहिले पैसा सकियो भनेर जवाफ दिन्छ । दंगाजी देखि थलारा पुग्नै एक दिन लाग्छ । भत्ता बुझ्न २/३ दिन लाग्दा पाउने भत्ता यहि सकिएला जस्तो छ । फेरि यो खोलीमा न बस्नकालागि होटलछन् । खान बस्नको पनि समस्या हुने गरेको थलारा २ डोरगाउँ देखि आफन्तको भत्ता बुझन सहयोगमा आएका प्रेम बहादुर खातीले गुनासो पोखे ।

थलारा गाउँ पालिकाको केन्द्र खोलीमा रहेको कुमारी बैंक लिमिटेड वैसाख ११ गते देखि पालो तोकेर वडागत रुपमा समाजिक सुरक्षा भत्ताको दोस्रो      त्रैमासिक रकम वितरण गरिरहेको भएपनि अझै सकेको छैन । बैकंले करिब ६ महिना लगाएर ६ हजार भन्दा बढि सेवाग्राहिका खाता खोलेको थियो । सेवाग्राहीले सहजरुपमा सेवा पाओस भन्ने उद्देश्य बैंकको रहेको कुमारि बैंक थलारा शाखाका कुलदिप साउदको भनाई रहेको छ । उनका अनुसार एक दिनमा बैंकले ६० देखि ७० जना सम्मलाई भत्ता उपलब्ध गराउने गरेको छ । हामीले त्यसै आधारमा मान्छे पठाउन वडासचिवलाई भन्छौ । कहिले कहि नेटवर्कले साथ नदिए काम हुदैन । कसैको खाता नै खोलिएको हुदैन खाता खोल्नु पर्छ त्यसले पनि ढिलो हुन्छ उनको भनाई रहेको छ ।

नेपाल सरकारको निति अनुरुप सामाजिक सुरक्षा भत्ता बैंकिङ पर्णाली मार्फत वितरण गरिएको हो । यो समस्या देशका अधिकाँस पालिकामा देखिएको थलरा गाउँ पालिका निवर्तमान अध्यक्ष भुवनेश्वर उपाध्याय बताउनु हुन्छ । सहर बजारमा सहज देखिएपनि हाम्रो जस्तो भौगोलिक बिकटता भएका स्थानमा जटिलता देखिएको छ । सामाजिक सुरक्षा भत्तालाई सहजरुपमा उपलब्ध गराउने वारे गाउँ पालिकाले सोच्नु पर्ने उनको भनाई रहेको छ । नवनिर्वाचित थलारा गाउँपालिकाका अध्यक्ष प्रकास बहादुर रोकायाले यो समस्यालाई आफुले गम्भीर रुपले बुझेको बताउनु भयो । कार्यपालिकाको पहिलो बैठकमा नै यसवारे छलफल भएको छ । कुमारी बैंकसंग छलफलगरी सके घर सम्म नसके वडा कार्यालयसम्म पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने वातावरण बनाने उनको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
2
संवाददाता
संवाददाता
Articles: 1335