११ बैशाख २०८२, बिहीबार

कृर्षिलाई आधुनिकिकरण गर्न थलारा गाउँ पालिकाले वितरण गर्यो कृर्षकलाई हाते ट्याक्टर

बझाङ थलारा- परम्परागत कृर्षि पर्णालीलाई आधुनिकिकरण गर्न थलारा गाउँ पालिकाले कृर्षकलाई हाते ट्याक्टर वितरण गरेको छ । थलारा गाउँपालिका र थलारा गाउँपालिका कृर्षि शाखाको संयुक्त लगानिमा कृर्षकलाई हाते ट्याक्टर वितरण गरिएको हो ।
कृर्षकलाई खेतवारीमा खनजोतगर्न सजिलो होस र परम्परागत कृर्षि पर्णालीपनि आधुनिकिकरण होस भन्ने उद्देश्यले कृर्षकलाई हाते ट्याक्टर वितरण गरेको थलारा गाउँपालिका कृर्षि शाखा प्रमुख लोकेन्द्र धामीले बताउनु भएको छ । उनका अनुसार सोमवार थलारा गाउँ पालिका वडा नम्वर ६ मा वडा अध्यक्ष अनिल कुमार विष्टले ४ वटा हातेट्याक्टर कृर्षकलाई हस्तान्तरण गर्नु भएको छ । वडा नम्वर ६ को सडिलमा १ पिखेतमा २ र भाटगाउँका १ जना कृर्षकलाई ति हातेट्याक्टर वितरण गरिएका हुन । यसामा थलारा गाउँ पालिका वडा नम्वर छ र थलारा गाउँपालिका कृर्षि शाखाको संयुक्त लगानी रहेको छ । यस्तै थलारा गाउँ पालिका वडा नम्वर १ मा १ वडा नम्वर ४ मा १ र वडा नम्वर ९ मा १ गरि ७ वटा हातेट्याक्टर वितरण भएका हुन ।
जोताईमा मात्र प्रयोग गर्न सकिने ती हाते ट्याक्टरको मुल्य प्रति ट्याक्टर रु ८० हजार रहेको छ । रोपाईमा प्रयोग गर्न किसानले रु ८ हजारको रोपाईमा प्रयोग हुने अर्को एउटा पाङग्रा किन्नु पर्ने कृर्षि शाखा प्रमुख धामीको भनाई रहेको छ ।
२