थलारा गाउँपालिकामा ३ दिने कार्यमुलक अनुसन्धान सम्वन्धि कार्यशाला गोष्टि सम्पन्न ।

सेयर गरौं

बझाङ थलारा- युएमएन / प्रगतीशिल युवासमाज सिकाई परियोजना अन्तरगत थलारा गाउँपालिकामा ३ दिने कार्यमुलक अनुसन्धान सम्बन्धी कार्यशाला गोष्टि सम्पन्न भएको छ । बिधालयमा शिक्षकले शिक्षण सिकाई क्रियाकलापगर्दा आईपर्ने समस्याको तत्कालै पहिचान गरि कसरी सुधार गर्ने विषयमा गोष्टिमा छलफल गरिएको सिकाई परियोजनाका फिल्ड सहजकर्ता बशन्त नेपालीले जानकारी दिनु भएको छ । उनका अनुसार गोष्टिमा थलारा गाउँपालिकाका ५ वटा विधालयका शिक्षक विधालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारी सहभागि रहेका थिए ।

गोष्टिमा युएमएन थापाथलीका शिक्षा टिमलिडर प्रेमसिंह सिन्ताङले सहभागिलाई सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा सिकाई परियोजनाका ब्यवस्थापक पाण्डव रसाईली थलारा गाउँ पालिका वडा नम्वर ३ का वडा अध्यक्ष प्रकास भण्डारी सिकाई परियोजनाका संयोजक राजेन्द्र खड्काकोपनि सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1358