कोटभैरब स्वास्थ्य चौकीको आयोजनामा लिटो जाउलो प्रर्दशनी कार्यक्रम गरियो ।

सेयर गरौं

थलारा बझांङ- कोटभैरब स्वास्थ्य चौकीको आयोजनामा लिटो जाउलो प्रर्दशनी कार्यक्रम गरिएको छ । शुक्रवार थलारा गाउँ पालिका वडा नम्वर ५ को दुवाली भीडिगाउँमा जाउलो प्रर्दशनी कार्यक्रम गरिएको हो । बालबालिका र गर्ववति आमाहरुमा कुपोषणको समस्या नआओस दुवैको स्वास्थ्य सु पोषित होस भन्ने सचेतना दिनकालागि स्थानीय उत्पादित पोषण युक्त बस्तुको जाउलो पकाएर प्रर्दशनी गरिएको हो ।

स्थानीय उत्पादन चावल दाल अण्डा फर्सिको मुन्टा ध्युको जाउलो पकाएर सुनाौला हजार दिनका आमाहरुलाई आफै कसरी घरमै लिटो र जाउलो बनाउन सकिन्छ भन्ने तरिका सिकाईएको कोटभैरब स्वास्थ्य चौकीका ईन्चार्ज भक्तराज पाण्डेयले जानकारी दिन भएको छ ।

कार्यक्रममा सुआहारा पालिका पोषण सहजकर्ता दुर्गादत्त जोशी कोटभैरव स्वास्थ्य चौकीका अहेव भविन्द्र ओखेडाले जाउलो प्रर्दशनीमा सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा ४० बढी सुनौला हजार दिनका आमा र वालवालिकाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1259