केदारस्युँ गाउँपालिका ९ झोतामा सामाजिक परिक्षण सम्बन्धि ३ दिने तालिम सम्पन्न

सेयर गरौं

बझाङ / असार ९

जिल्लाको केदारस्युँ गाउँपालिका ९ झोतामा सामाजिक परिक्षण सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ ।
युनाईटेड मिसन टु नेपाल र प्रगतिशील युवा समाजको संयुक्त साझेदारीमा सञ्चालित क्रियाकलापमा आधारित सिकाइ परियोजनाको आयोजनामा सोमबारबाट सुरुभएको तालिम बुधबार सम्पन्न भएको हो ।

थलारा गाउँपालिका भित्रका विद्यालयमा सामाजिक परिक्षण गर्नका लागि सहजकर्ताको क्षमता विकासका लागि सामाजिक परिक्षण सम्बन्धि तालिम दिएको छ ।

उक्त तीनदिने तालिममा सहभागी शिक्षक शिक्षिकाहरूलाई दुई दिनसम्म वस्तुगत छलफल र एक दिन सामाजिक परिक्षणको अभ्यास गराइएको प्रगतिशील युवा समाज क्रियाकलापमा आधारित सिकाइ परियोजना थलाराका कार्यक्रम अधिकृत राजेन्द्र खड्काले बताउनुभयो ।

विद्यालयको सामाजिक परिक्षण गर्दा कुन विद्यालयमा शिक्षाको अवस्था कस्तो छ भनी मुल्यांकन गर्न सहज हुने थलारा गाउँपालिका शिक्षा शाखा प्रमुख राइभान ओलीले बताए । उनलेे भने थलारा गाउँपालिकामा प्रगतिशीलले पाइला टेकेपछि शैक्षिक क्षेत्रमा काम गर्दै आएको र शैक्षिक क्षेत्र सुधार भएको छ ।

प्रगतिशील युवा समाजले स्वास्थ्य शिक्षा र अपांगता भएकालाई उच्च प्राथमिकता राखेर काम गरिरहेको प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केसीले बताए ।
सामाजिक परिक्षण नहुँदा शैक्षिक गुणस्तर कमजोर हुने भएकाले सामाजिक परिक्षण गर्न आवश्यक रहेको छ ।
सहभागी समाजिक परिक्षण तालिम लिएकाहरूलाई सामाजिक परिक्षण गरि गुणस्तरीय शिक्षा अभिवृद्धि गर्नमा जोड दिन अध्यक्ष केसीले भने ।
उनले सिकेको तालिमको सदुपयोग गर्न समेत सहभागीलाई अनुरोध गरेको हुन् ।

तालिमको सहजीकरण डोटीका रामहरि ओझाले गर्नु भएको थियोे ।
तालिममा थलारा गाउँपालिकाका २३ वटा विद्यालयका शिक्षक शिक्षिका सहभागी भएको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212