बझाङको थलारा गाउँपालिकाको निति कार्यक्रम तथा बजेट सार्वजनिक , अभिभावक गुमाएका बालबालिकालाई निःशुल्क पठनपाठन गराईने

सेयर गरौं

बझाङ , थलारा / असार ११  
  जिल्लाको थलारा गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को निति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।
पालिकाले शुक्रबार नवौं गाउँसभाको आयोजना गर्दै आर्थिक वर्ष २०७९/०८० को निति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो ।
थलारा गाउँपालिकाले स्वास्थ्य शिक्षा कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राख्दै निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

पालिका भित्रका आमाबुबा दुबई गुमाएका बालबालिकालाई निःशुल्क पठनपाठनको व्यवस्था गरि पालिकाले अभिभावकत्वको भुमिका खेल्ने , गर्ने कक्षा १० अर्थात एसईई परिक्षामा उत्कृष्ट हुने ५ जना विद्यार्थीलाई पुरस्कार दिइने, गरिब जेहेन्दार तथा पछाडि परेका २ जना छात्र २ जना छात्रालाई प्राबिधिक तथा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति उपलब्ध गराईने निति तथा कार्यक्रम उल्लेख गरिएको छ ।

कृषि तथा पशु क्षेत्रमा लगानी गरि थलारा क्षेत्रलाई व्यवसायीक तथा कृषि तथा पशुपालनपदार्थमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने, आगामी आर्थिक वर्ष भित्रै शिक्षाको गुणस्तर वृद्धि गर्न ३ विद्यालयलाई तीन तारे नमुना विद्यालय घोषणा गरिने, थलारा गाउँपालिका वडा नम्बर ६ गुगैमा १० सैयाको आधारभूत अस्पताल यसै आर्थिक वर्षमै सुरुगरि सञ्चालनमा ल्याइने , स्वस्थ बालक सफाआमा ६ महिनासम्म सरसफाइ भत्ता जन्मजात तथा न्यानो कपडा दिने व्यवस्था गरिने, थलारा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर रोकायाले प्रस्तुत गर्नु भएको निति तथा कार्यक्रम भनिएको छ ।

निति तथा कार्यक्रममा धामीझाँक्रीहरुलाई स्थानीय जडिबुटी सम्बन्धि र स्वास्थ्य सम्बन्धि तालिम दिई स्वावलम्बी बनाईने, विपद् व्यवस्थापनमा जोड दिने, खानेपानीको पहुँच नपुगेको ठाउँमा खानेपानीको पहुँच पुर्‍याईने , एक कृषि एक उत्पादन कार्यक्रम सञ्चालन गरिने, एक घर एक करेसाबारी कार्यक्रम सञ्चालन गरिने समेटिएको छ ।

त्यस्तै पालिकामा उत्पादन कृषि उपज लगायत उपभोग्य वस्तुहरूको प्रवर्द्धन तथा बजारीकरण गर्ने र अति आवश्यक बस्तुहरु सरल सुलभ मुल्यमा उपलब्ध गराउन हाट बजार सञ्चालनमा ल्याईने , दलित समुदायको परम्परागत सीप तथा क्षमताको सम्मान तथा प्रबर्द्धन गर्न दलित विशेष उद्योग स्थापना तथा सञ्चालनमा जोड दिने, पालिका भित्र रहेका पर्यटन क्षेत्रको पहिचान झल्काउने नक्सा सहितको बोर्ड राखिने, पर्यटन क्षेत्रको विकास प्रबर्द्धन गरि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने निति तथा कार्यक्रममा उल्लेख छ ।

थलारा गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेट पनि सार्वजनिक गरेको छ ।
पालिका उपाध्यक्ष राम बहादुर खातीले चालू आर्थिक वर्षको बजेट प्रस्तुत  गरेका हुन् ।
थलारा गाउँपालिकाले ०७९/०८० को बजेट ५८ करोड १३ लाख ५२ हजार ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
2
+1
1
+1
4
+1
2
+1
0
+1
1
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212