थलारा गाउँपालिका ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजनाको बर्हिगमन कार्यशाला गोष्टि सम्पन्न

सेयर गरौं

बझाङको थलारा गाउँपालिकामा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना तेस्रो चरण योजना बर्हिगमन कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
थलारा गाउँपालिका ग्रामीण जलस्रोत परियोजनाको आयोजनामा शनिबार गोष्ठी गरिएको हो ।

तीन चरण पारगरी सकेपछि वहिर्गमन हुन थालेको परियोजनाले कार्यअवधिभिर गरिएका क्रियाकलाप , भएका उपलब्धि परियोजनाका सिकाई र हस्तान्तरण गर्नुपर्ने सामाग्री बारे छलफल गर्न गोष्ठीको आयोजना गरिएको थलारा गाउँपालिका ग्रामीण जलस्रोत अधिकृत छत्रराज जोशीले जानकारी दिए ।

गोष्ठी थलारा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर रोकायाको अध्यक्षतामा भएको थियोे । गोष्ठीमा आफ्नो मन्तव्य राख्दै अध्यक्ष रोकायाले परियोजना आउने जाने क्रम चलिरहने प्रक्रिया भएपनि ग्रामीण जलस्रोत परियोजनाले केही जिम्मेवारी बोध गराएको छ भन्नू भएको थियोे । संघीय सरकारको मन्त्रालय जस्तै गाउँपालिकामा पनि एउटा खानेपानी हेर्न छुट्टै वास बोर्ड बनाउन जरुरी छ भन्ने बोध जलस्रोत परियोजनाले गराएको भन्दै रोकायाले गाउँपालिकाले निति तथा कार्यक्रम त्यो समेटेको समेत बताउनुभयो ।

त्यस्तै उपाध्यक्ष राम बहादुर खातीले परियोजनाले गाउँपालिकामा धेरै कार्य गरेको भन्दै ती संरचनाको मर्मत सम्भार गर्नु चुनौती रहेको छ जलस्रोत परियोजनाको अनुभवलाई लिएर अघिबढ्ने धारण राख्नु भएको थियो ।

ग्रामीण जलस्रोत परियोजनाले २०६४ सालमा थलाराको कोइरालकोट गाविसबाट गुरु योजना बनाई कार्य थालनी गरेको थियो । त्यसपछि २०६८ सालमा मालुमेला र २०७० मा थलाराका कोटभैरव पाराट्ने र दंगार्जीमा कार्य क्षेत्र विस्तार गरेको थियोे ।
नेपाल सरकार फिनल्यान्ड सरकार र युरोपेली संघको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित परियोजनाले खानेपानी सिचाई विद्यालय शौचालय सुधारिएको चुलो सुधारिएको घट्ट निर्माण लगायत वातावरणीय स्वच्छता र आयआर्जन सम्बन्धि कार्य पनि गरेको थियोे ।

जलस्रोत परियोजनाले तेस्रो चरणमा मात्रै २९ वटा खानेपानी ५ वटा बहुउद्देश्यीय योजना ५ वटा परम्परागत सिचाइ ८ वटा आधुनिक सिचाइ ५ वटा सुधारिएको घट्ट ९४ वटा प्लाष्टिक पोखरी १० वटा विद्यालयमा शौचालय निर्माण गरेको र १५ योजनामा सुधारिएको चुलो निर्माण योजना सञ्चालन गरिएको जलस्रोत अधिकृत जोशीले बताउनुभयो ।

त्यस्तै ग्रामीण जलस्रोत परियोजनाले थलारा गाउँपालिकालाई खुलादिशा मुक्त घोषणा सरसफाइ युक्त क्षेत्र घोषणा , तिनतारा सुनिश्चितता विद्यालय घोषणा सहकारी संस्थामा खानेपानी योजना आवद्ध र सहकारीको वित्तीय कारोबारमा पनि सहयोग गरेको थियोे ।

परियोजनाले जलस्रोत नियमावली , खानेपानी योजना मर्यादित महिनावारी खानेपानी सरसफाइ स्वच्छता व्यवस्थापन जलस्रोत ऐन कृषि उपज संकलन केन्द्र सञ्चालन सम्बन्धि ७ वटा निर्देशिका र कार्यविधिहरू पनि निर्माण गरिएको जलस्रोत अधिकृत जोशीले बताउनुभयो । ती सबै कार्यविधि निर्देशिका कार्यालयमा भएका जिसी सामाग्रीहरू पनि गाउँपालिकालाई हस्तान्तरण गरिने समेत बताउनुभयो ।

गोष्ठीमा ९ वटै वडाका वडा अध्यक्ष कार्य पालिका सदस्य प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डित लगायत विषयगत शाखाका प्रमुखहरूको सहभागीता रहेको थियोे । कार्यक्रमलाई जलस्रोत परियोजनाका प्राविधिक हरदेव बोहराले सहजीकरण गर्नुभएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 159